जीवनले वर्षमा २ वटा मात्र चलचित्र खेल्ने

jiwan-luitel-1
काठमाडौं, ६ जेठ । नायक जीवन लुइटेलले आफ्नो करिअर मेन्टेन गर्न अब वर्षको २ वटा मात्र चलचित्रमा काम गर्ने निर्णय गरेका छन् । उनले अभिनय गरेका चलचित्र ३ वर्षदेखि असफल जस्तै भएपछि उनले यो निर्णय गरेका हुन् ।

जीवनले अफर आएका सबै चलचित्र गर्दा उनको स्टारडम र दर्शकको विश्वास घट्दै गएको उनको बुझाइ रहेको छ । यो वर्ष उनले ‘राधा’ पछि अर्को १ चलचित्रमा काम गर्ने जनाए । आफूलाई मन छोएको स्क्रिप्टमा मात्र काम गर्ने भन्दै उनले धेरै अफर टुक्राएका बताए ।

उनले भने, ‘हिजोका दिनमा जे जति चलचित्र खेलियो, त्यो समयको माग थियो । तर, अब चलचित्र मेकिङ र कथा छनोटमा ध्यान दिइएन भने करिअर नै सकिने रहेछ ।’ उनले अन्य कलाकारलाई पनि कथा छनोट र समय अनुसारको मेकिङमा ध्यान दिएर काम गर्न सुझाव दिए । नेपाली चलचित्रका चकलेटी नायकलाई अहिले आएका अन्य केही नायकले उछिनिसकेका छन् । यसैले पनि होला उनी करिअरप्रति यति धेरै संवेदनशील देखिएका छन् ।

प्रतिक्रिया