लुम्बिनी विश्व शान्तिको केन्द्र : प्रधानमन्त्री

cGt/f{li6«o af}4 ;Dd]ng k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ /fhwfgLdf cfof]lht @%^)cf}F a'4 hoGtL tyf cGt/f{li6«o af}4 ;Dd]ngsf] pb3f6g ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका प्रवर्तक शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताएका छन् । २५६०औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध भूमि र बुद्धको उद्गम थलोमा आफू रहन पाउँदा गौरवको अनुभूति भएको बताए ।

बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन भएको पनि उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘भगवान् गौतमबुद्ध एसियाको ज्योति मात्र नभएर समग्र विश्वको ज्योति हो । बुद्धले दर्शन शान्ति स्थापनाको बलियो आधार हो ।’ उनले बुद्धको शिक्षाले सामाजिक सद्भाव, सहिष्णुता, क्षमादान र निस्वार्थपनलाई विकास गर्न सहयोग पु¥याउने हुँदा यसले मानव समुदायलाई सत्य र अहिंसाको मार्गमा हिँड्न अभिपे्ररित गर्ने बताए ।

प्रधानमन्त्री ओलीले बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको उल्लेख गरे । लुम्बिनी क्षेत्र धार्मिक तीर्थस्थलका रूपमा विकास हुँदै गएको र यसलाई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न सरकारले बृहत् लुम्बिनी विकास योजनालाई कार्यान्वयनमा लाने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले गोष्ठीमा विशिष्ट बौद्ध गुरु तथा बौद्ध विद्वानले प्रस्तुत गर्नेे कार्यपत्रबाट गौतमबुद्धका विषयमा भएका विभिन्न भ्रम हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालमा जनप्रतिनिधिले जारी गरेको संविधान कार्यान्वयनमा लगी मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाइने उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल शाक्यमुनि गौतमबुद्धले बुद्धत्व प्राप्त गरेकै कारण २९ वर्षको युवावस्थामा श्रीपेच, दरबार र सुन्दर परिवार त्याग गर्न सफल भएको उल्लेख गर्दै लुम्बिनी क्षेत्र गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको उद्गम स्थान भएको बताए । सरकारले संविधान जारी गरेपछि पहिलोपटक ऐतिहासिक रूपमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आयोजना गरेको बताउँदै उनले यसले नेपालबाट विश्व शान्तिको सन्देश जाने विश्वास व्यक्त गरे ।

‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठीमा सहभागी राष्ट्रका प्रतिनिधिहरूले बौद्ध दर्शनका विभिन्न सम्प्रदाय तथा अभ्यासबारे चर्चा गरेका थिए ।

प्रधानमन्त्री ओलीले शान्ति पाठ गरेर गोष्ठीको उद्घाटन गरेका थिए । कार्यक्रममा अवसरमा थेरवाद, महायान र बज्रयान ३ सम्प्रदायका धर्म गुरुहरू उपस्थित थिए । समारोहमा गायिका आनी छोइङ डोल्माले बुद्ध दर्शनसँग सम्बन्धित गीत प्रस्तुत गरेकी थिइन् ।

शुक्रबारसम्म जारी रहने गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुँदै छ । गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वान्को सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ ।

लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहको ८ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन् । सोही समारोहमा मूल गोष्ठीबाट निस्केको निष्कर्षसहितको घोषणापत्र बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा जारी गरिनेछ ।

मन्त्रिपरिषद्को गत २० माघको निर्णयअनुसार गोष्ठी आयोजनाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सम्मेलनको मूल आयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १ सय १ सदस्यीय कार्यसमिति र विषयगत १३ उपसमितिहरू गठन गरिएको छ ।

बेलायती प्रमको शुभकामना
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा नेपाली एवं विश्वभरका बौद्धमार्गीलाई शुभकामना दिएका छन् । उनले नेपाल–बेलायत मित्रताको २ सय वर्ष पुगेको स्मरण गर्दै बुद्धको जन्मभूमि नेपाल र विश्वभरका बुद्धधर्मावलम्बिहरूका लागि २५६०औँ बुद्ध जयन्ती खास महत्वको भएको बताएका छन् ।

दुई वर्षभित्र पेट्रोलियम उत्पादन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताएका छन् ।

उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै(दैलेखमा) तेल खानीको अन्वेषण गरिसकेको बताए । प्रधानमन्त्री ओलीले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी १० अर्ब रुपैयाँ आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिए ।

मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रूपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।

प्रतिक्रिया