नयाँदिल्ली, २ जेठ । भारतमा गत बिहीबार र शुक्रबार भएको दुईजना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ । झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘पत्रकारका हत्याराको खोजी जारी छ केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।’
भारतीय पत्रिका इन्डियन एक्सप्रेसले पत्रकारका हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरिनुपर्ने भनी समाचार लेखेको छ । पूर्वीभारतको बिहार र झारखण्डमा बिहीबार र शुक्रबार दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राती र शुक्रबार राती गरी दुई जना पत्रकारको हत्या भएको हो । हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकका स्थानीय ब्युरो प्रमुख राजदेव रञ्जनलाई शुक्रबार राती मोटर साइकलमा आफ्नो घरतर्फ जादै गर्दा अज्ञात व्यक्तिले बिहारमा गोली हानी उनको हत्या गरेका थिए ।
त्यस्तै मारिने अर्का पत्रकार अखिलेस प्रताप सिंह हुन् । उनी टेलिभिजन पत्रकार हुन् । उनलाई बिहीबार मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । उनको हत्या झारखण्डमा भएको थियो । पत्रकार सिंह झारखण्डकै स्थानीय पत्रकार हुन् । पत्रकारमाथि भारतमा पछिल्लो समयमा असुरक्षा बढेको भन्दै पत्रकारहरूले कडा कारबाहीको माग गरेका छन् । उनीहरूले यस विषयमा सरकारको जवाफ पनि मागेका छन् । सोही कारण पनि प्रहरीले हत्याराको खोजी कडा रूपमा गरिएको बताएका छन् । विश्वका पत्रकारिताको हक हितका लागि लड्ने संघ संस्थाहरूले पनि भारतमा पत्रकारहरू धेरै मारिने गरेकोमा चासो व्यक्त गरेका छन् ।
भारतजस्तो प्रजातान्त्रिक देशमा समाचार लेखेकैका कारणले पत्रकारको ज्यान जानु ठूलो बिडम्बना हो उनीहरूले भनेका छन् । भारतका आइतबारका सञ्चारमाध्यमहरूले पत्रकारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । उनीहरूले हत्या भएका पत्रकारका हत्यारालाई खोजी कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
प्रतिक्रिया