पवित्राका लागि अर्चना बनिन् छेस्को

archana-and-pabitraकाठमाडौं, २९ वैशाख । हाम्रो शरीरमा छेस्को पस्यो भने त्यसले नराम्ररी दुखाउँछ । नायिका पवित्रा आचार्यलाई अहिले त्यस्तै भएको छ । उनका लागि अर्चना पनेरु छेस्को बनेकी छन् । त्यसैले त नांगा तस्बिर सामाजिक सञ्जालमा फिँजाएर पोर्नस्टार बन्छु भन्दै राजधानी पसेकी अर्चना पनेरु रिलिजको संघारमा रहेको चलचित्र ‘छेस्को’मा पसेपछि खलबली मच्चिएको छ । अर्चनाको गलत छवि भएको बन्दै चलचित्रमा रहेकी नायिका पवित्रा आचार्यले हात झिकेकी छिन् ।

पवित्राले चलचित्रमा रहेका आफ्ना सबै दृश्य चलचित्रबाट हटाउन भनेकी छन् । उनले भनिन्, ‘जसले समाजमा विकृति फैलाइरहेको छ उसैको साथमा समाजको दर्पण मानिने चलचित्रमा अभिनय गर्न सक्दिनँ, त्यसकारण म चलचित्रबाट बाहिरिने निर्णय गरेकी हुँ ।’ उनले अब उक्त चलचित्रमा आफ्नो कुनै पनि संलग्नता नरहने बताइन् ।

चलचित्रमा पवित्रा समाज सुधारको सन्देश जाने भूमिकामा अभिनय गरकी छन् । उनले ‘रिहाब सेन्टर’ खोलेर बसेकी एक युवतीको भूमिकामा अभिनय गरेकी छन् ।

गतवर्ष नै रिलिज हुनुपर्ने यो चलचित्र विविध कारणले रोकिएको थियो । सेन्सर पास गरिसकेपछि पैसा मात्रै कमाउने उद्देश्यले अर्चना पनेरुलाई चलचित्रका केही दृश्यमा राखिएपछि पवित्राले हात झिकेकी हुन् ।

प्रतिक्रिया