कांग्रेस सडक संघर्षमा उत्रन्छ : सिंह

Prakash-Man-Singhकाभ्रे, २७ वैशाख । कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अब आफ्नो पार्टी सडक संघर्षमा उत्रने बताएका छन् । सोमबार काभ्रेको बनेपामा कांग्रेस पार्टीको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेले ल्याएको नीति तथा कार्यक्रममा एकलौटी भएको भन्दै अब कांग्रेस सहेर बस्ने स्थितिमा नरहेको भन्दै सडक संघर्षमा उत्रने बताए । सत्तामा रहेकाहरुनै सरकारदेखि आश्वस्त नभएको भन्दै उनीहरुले समेत आपूmहरुलाई साथ दिने उनको दावी रहेको थियो । सडक संघर्षमा उत्रँदा कांग्रेसलाई नेपाली जनताको महत्वपूर्ण साथ रहने भन्दै उनले आगामी चुनाव लक्षित सस्तो लोकप्रियता कमाउने उद्देश्यले एमालले नीति तथा कार्यक्रम तयार गरेको आरोप लगाएका छन् ।

उनले भूकम्पको पुनर्निर्माणमा कुनै गतिविधि नभएको र भएको पनि पार्टी लक्षित भएको भन्दै भूकम्प पीडितको पक्षमा आपूmहरु रहेको दावी गरेका छन् । अन्तत्र्रिmयापछि धनेश्वर महादेवको सतल उद्घाटन गर्न पुगेका सिंहले त्यहाँसमेत सोही कुरा दोहो¥याएका थिए । कार्यक्रममा काभ्रे क्षेत्र नं २ का सांसद रामहरि सुवेदी र क्षेत्र नम्बर ३ का सांसद कञ्चनचन्द्र वादेले अहिलेको तत्कालको आवश्यकता पुनर्निर्माण र विकास भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका थिए । भूकम्पबाट क्षतिग्रस्त धनेश्वर महादेवको मन्दिरमा शिलान्यास गरिएको भजनकीर्तन भवन १ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको बताइएको छ ।

प्रतिक्रिया