आर्ट काउन्सिलमा ‘पञ्चासे’

sitrakalaकाठमाडौं, २६ वैशाख । कलाको माध्यमबाट प्रकृति, वन्यजन्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पञ्चासे क्षेत्रमा स्थलगत रूपमा सिर्जना गरिएका कलाकृतिहरूको प्रदर्शनी ‘पञ्चासे’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । ‘वन्यजन्तु र मानवको सह अस्तित्व’ नाराका साथ आफ्ना गतिविधीलाई अघि बढाइरहेको ‘आरएफडब्लुभी’ नामक संस्थाद्वारा आयोजित प्रदर्शनीमा ४१ थान कला सिर्जना राखिएका छन् ।

पञ्चासे, भदौरी र भञ्ज्याङमा आयोजित कला कार्यशालाका १६ सहभागीले एक्रेलिक माध्यममा तयार पारेको चित्रमा प्रकृतिसँग सम्बन्धित विविध विषय अटाएका छन् । प्रदर्शनीमा अनिता भट्टराई, विनोद प्रधान, सुनिता राणा, जीवन राजोपाध्याय, डि राम पाल्पाली, प्रधी राणा, एरिना ताम्राकार, एलपी गुरुङ, ध्वज गुरुङलगायत कलाकारहरूका कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकारहरूले गाउँ, झरना, नाचगान गरिरहेका मानिस पहाड दृष्यचित्रलाई समावेश गरिएको छ । प्रदर्शनीमा यस कार्यशालाभन्दा अघि चितवनमा गरिएको कार्यशालाका चित्रहरू पनि राखिएका छन् । यस हिसाबले प्रदर्शनीमा जम्मा १ सय ७ थान कलाकृति रहेका छन् ।

प्रतिक्रिया