अलि–अलि बौलाएकै हौँ : डा. भट्टराई

baburamचितवन, २५ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आर्थिक समृद्धिको कुरा गर्दा आफूहरूलाई मूर्ख र पागल भन्ने गरिएको बताएका छन् । ‘हो, हामी अलिकति मूर्ख, अलिकति पागल र अलिकति दुस्साहसी हौँ’ नयाँ शक्ति नेपालद्वारा चितवनको सदरमुकाम भरतपुरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै डा.भट्टराईले भने, ‘हामीसँग नयाँ नेपालको समृद्धिको सपना र त्यसलाई पूरा गर्ने पागलपन छ ।’

नयाँ कुराको सुरुवात आशंकाबाटै हुने बताउँदै डा.भट्टराईले नयाँ शक्तिबारे पनि आशंका र जिज्ञासा हुनु स्वाभाविक भएको बताए । ‘हामी अलि–अलि बौलाएकै हो’ उनले भने, ‘इतिहासमा नयाँ र दुस्साहसपूर्ण काम गर्नेहरूलाई बौलाहा नै भन्ने गरिएको छ ।’ नयाँ शक्ति नेपाल लहडमा नभई देश र जनताको समृद्धिका लागि आएको उनको भनाइ थियो ।

‘लोकतन्त्रको जगमा टेकेर नयाँ नेपालको निर्माण गर्नुपर्छ’ डा.भट्टराईले भने– ‘अबको दस वर्षभित्र गरिबी निवारण र दुई अंकको आर्थिक वृद्धि कसरी गर्ने भन्ने कार्यक्रम बनाउँदैछौँ ।’ नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुमाराम खनालले एक लाख पार्टी सदस्यको प्रयासमा नयाँ शक्तिलाई आगामी निर्वाचनमा देशको पहिलो शक्ति बनाइने दावी गरे ।

नेपालले चीन र भारतबीच सामरिक सन्तुलन कायम राख्ने विदेश नीति अपनाउनुपर्ने उनको भनाइ थियो । नयाँ शक्ति नेपालकी सचिवालय सदस्य एवं नायिका करिश्मा मानन्धरले गलत दिशमा हिँडेको राजनीतिलाई सही दिशामा डो¥याउनुपर्ने बताइन् । ‘हाम्रो देश बनाउने जिम्मेवारी हामी सबै नागरिकको हो’ उनले भनिन्– ‘देश समृद्धशाली भएन भने हामीले बनाएको पहिचानको के अर्थ ?’

प्रतिक्रिया