कोलकाता आइपिएलको शीर्षस्थानमा

ipl ma kolkata top ma copyकोलकाता, २३ वैशाख । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा किंग्स इलाभेन पञ्जाबलाई ७ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको हो । कोलकाताले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५७ रन मात्रै बनाएपछि हार बेहो¥यो ।

पहिलो ब्याटिङ गरेको कोलकाताले ३ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । उसका लागि रोविन उथप्पाले ४९ बलमा सर्वाधिक ७० रनको उत्कृष्ट इनिङ खेले । त्यस्तै कप्तान गौतम गम्भीरले ४५ बलमा ५४ रन बनाए । युसुफ पठानले १६ बलमा अविजित १९ रन जोड । पन्जाबका कुनै पनि बलरले कोलकाताको विकेट लिन सकेनन् । सबै बलर महँगो साबित भए । कोलकाताका ३ ब्याट्सम्यान रन आउट भएका थिए ।

पञ्जाबका ग्लेन म्याक्सवेलले ४२ बलमा ६८ रनको इनिङ खेले । म्याक्सवेलबाहेक अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । ऋिद्धिमन साहले २० बलमा २४ तथा अक्षर पटेलले ७ बलमा २१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । पञ्जाबलाई सस्तैमा समेट्न कोलकाताका आन्द्रे रसेलले ४ ओभरमा २० रन खर्चंदै ४ विकेट झारे । पियुष चावलाले २ विकेट लिए ।

जितसँगै कोलकाता आइपिएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले ९ खेलबाट १२ अंक जोडेको छ । समान १२ अंक जोडेको गुजरात लायन्स रन रेटका आधारमा दोस्रो स्थानमा छ । ८ खेलमा २ मा विजयी र ६ मा पराजित भएको पञ्जाब ४ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया