गीत–संगीतले जीवन चलाउने सन्तोष

santosh raiकाठमाडौं, २२ वैशाख । अगाडि हार्मोनियमको पर्दामा हात नचाइरहेका गायक तथा संगीतकार सन्तोष दुमी गाउनकै लागि जन्मिएका हुन् कि जस्तो गरेर आफ्नो स्वरलाई साधनामा निखारेका युवा गायक हुन् । उनले संगीतको क्षेत्रमा आएका विभिन्न आयामहरूलाई झेलेका छन्, भोगेका छन् ।

अहिले प्रायः स्टेजमा आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै आएका उनले आफ्नो संगीतको यात्रामा निकैको संगत गरेका छन् । उनले गायकीको माध्यमबाट देशविदेश घुम्ने अवसर त प्राप्त गरे नै उनको जीवन पनि संगीतले नै चलाएका छन् ।

आफ्नो रचना संगीत तथा गायनमा उनले गरेको एल्बमको संख्या नै हिसाब गर्ने हो भने ४ वटा पुगिसकेको छ । उनले पहिलोपटक प्रस्तुत गरेको बालगीतहरूको संग्रहित एल्बम नै पहिलो र बजारमा माथ गर्ने चेतनामूलक गीति संग्रह रहेको छ । जुन गीति एल्बममा सोलो संगीत दिएका उनको पहिलो एल्बम भने ‘ज्यान माया’ रहेको छ ।

गायकको रूपमा यो क्षेत्रमा प्रवेश गरेका सन्तोष बजारमा बिस्तारै संगीतकारको रूपमा पनि चिनिन थालेका छन् । उनले थुप्रै चर्चित गीतहरू गाएका छन् भने उतिकै संख्यामा संगीतसमेत भरेका छन् ।

प्रायः गुनगुनाउँदै रहने उनको क्रियाशीलता नेपाली संगीतको क्षेत्रमा पृथक रहेको छ । लोक, आधुनिक, विभिन्न आञ्चलिक गीतहरू बजारमा ल्याउने गरेका उनी विशेष गरेर गजल तथा आधुनिक गीतमा रम्ने गरेको बताउँछन् ।

उनी हरेक कार्यक्रममा नेपाली सुगम संगीतको विषयमा गम्भीरतापूर्वक उभिने गरेको बताउँदै पश्चिमा संगीतले नेपाली मूल संगीतमा गरेको आक्रमणविरुद्व प्रत्याक्रमण गर्नुपर्ने विचार राख्छन् । उनले नेपाली पहिचानको संगीत गाउँघरमै रहेको भन्दै विभिन्न आञ्चलिक गीतहरू सिर्जना गरेका उनले लोप हुन लागेको संस्कृतिको संरक्षणमा समेत संगीतको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ । उनले ल्याएका ‘पथ्थरहरू’ एल्बममा उनले ‘साल्पै राजा’ बोलको गीतमा हराउन लागेको ठेटभाकालाई उठाएका छन् ।

विभिन्न भाषाभाषीको गीतहरूको संगीतमा व्यस्त बनेका उनले बजारमा निकै चर्चामा रहेको ‘मैले के भुल गरेर’ गीतले उनलाई आफ्नो संगीतको बजारमा स्थापित गराएको थियो । एल्बम ‘बस्तीहरू’मा समाबेश गरिएको उक्त गीत दिवाकर खनालले लेखेका थिए ।

गजल पढन्मा माहिर मानिएका सन्तोषको पहिछल्लो समयमा आफ्नै शब्द तथा संगीतमा तयार पारेका गजल ‘धक धक मन भएर आयो बनेर आयो, छुटेको वर्षौं पछि त्यो मन फर्केर आयो’ स्टेजमा धेरै रुचाइएको गजलका रूपमा रहेको छ ।

प्रायः स्टेजहरूमा एकपटक गाएपछि पटकपटक दोहो¥याउन बाध्य हुने गरेको उनले सुनाए । ‘मेरो पछिल्लो समयमा निकै रुचाइएको यो गजलले मलाई पनि राम्रै अवसरहरू दिलाएको छ ।’ सांगीतिक प्रस्तुतीकै लागि देशका विभिन्न सहर तथा गाउँहरूमा पुगेका उनले विदेशमासमेत दर्शक तथा श्रोताहरूको सम्मान भ्याइसकेका छन् । उनले भने, ‘दर्शक तथा श्रोताहरू भनेको कलाकारको निम्ति भगवान्भन्दा ठूलो हुन्छन् । त्यसैले उहाँहरूको सम्मानका लागि नै भए पनि बोलाएको ठाउँमा पुग्ने गरेको छु ।’

आपूmलाई गाउँबाट उठाएर सहरको कुनाकुनामा पु¥याउन प्रयत्नरत उनले देशभक्तिका गीतहरूको अलवा जनचेतनाका गीतहरू समेत प्रशस्तै गायका छन् । उनको सिर्जनाको मुलबाटो भन्नु नै समय परिवेश र वातावरण रहेको उनले बताए । हाल गजल संग्रहको तयारीमा रहेका उनले ०७३ भित्रै एल्बम बजारमा ल्याउन लागेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया