सूचना आयोगले स्थापना दिवस मनायो

काठमाडौं, २२ वैशाख । राष्ट्रिय सूचना आयोगको आठौँ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी आयोजना गरिएको छ । भद्रकाली मन्दिरबाट सुरु भएको प्रभातफेरी सहिद ढोका, सुन्धारा, हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा आयोगका आयुक्त, कर्मचारी, सूचनाको हकका अभियानकर्मी र पत्रकारको सहभागिता थियो । कोणसभालाई सम्बोधन गर्दै आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधान र कानुनले प्रत्येक सार्वजनिक निकायबाट सूचना माग्ने र पाउने अधिकारलाई मौलिक हकमै व्यवस्था गरेको अवस्थामा त्यसबारे जनता र सर्वसाधारणमा जागरण फैलाउनुपर्नेमा जोड दिए ।

सूचनाको हकका अभियानकर्मी तारानाथ दाहाल र केदार खड्काले सूचनाको हकलाई जनताको तल्लोस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया