थिन्लेको अन्त्येष्टीमा गृहमन्त्री

thinle ko copyकाठमाडौं, १७ वैशाख । ओस्कार अवार्ड नोमिनेसनमा परेको नेपाली चलचित्र ‘क्याराभान’का नायक थिन्ले लोन्डुपको शुक्रबार अन्त्येष्टी गरिएको छ । गृहमन्त्री शक्ति बस्नेतले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी ओली टेकु दोभानस्थित घाटमा आउने भनिए पनि उनी नआएपछि गृहमन्त्री त्यहाँ पुगेका थिए । माथिल्लो डोल्पाका अगुवा समाजसेवीसमेत रहेका थिन्लेको गत आइतबार घोडाबाट लडेर मृत्यु भएको थियो । उनी विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनयका कारण निकै चर्चित र लोकप्रिय थिए । माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित उक्त चलचित्र फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्माण गरेका हुन् ।

माथिल्लो डोल्पामा जन्मेका थिन्लेले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । चलचित्रमा देखिनुअघि उनी साल्दाङ गाविसका अध्यक्ष थिए । पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका थिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरेका थिए ।

डोल्पाको चाबाङ जाँदा दुनैबाट ४–५ घन्टाको बाटोमा पर्ने खेत्कामा उनी सवार घोडालाई पछिल्तिरबाट खच्चडले ठक्कर दिँदा घोडासहित भीरबाट लडेर घाइते बनेका थिन्लेको उपचारको निम्ती राजधानी पु¥याउन हेलिकोप्टरको बन्दोबस्त मिलाउने क्रममै निधन भएको हो ।

प्रतिक्रिया