अस्ट्रेलियामा जनमत सर्वेक्षण

Electoral-Commission-Picक्यानबेरा, १६ वैशाख । संयुक्त राष्ट्रसंघको सर्वोच्च पद महासचिवको रिक्त हुने स्थानमा आगामी नियुक्तिका लागि सम्भावित अस्ट्रेलियाली व्यक्तित्व विषयमा अस्ट्रेलियामा एक जनमत सर्वेक्षण सम्पन्न भएको छ । यस सर्वेक्षणमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलेभन्दा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले बढी मत पाएका छन् ।

जनमत सर्वेक्षणमा भाग लिने प्रत्येक ५ अस्ट्रेलियाली मध्ये १ जनाले मात्र रुडको समर्थनमा मतदान गरेका थिए । आज प्रकाशित फेयरफ्याक्स मिडियाका पत्रपत्रिकाहरूले उल्लेख गरेअनुसार ‘द इस्सेन्सिल पोल’ शीर्षकमा उक्त जनमत सर्वेक्षण बारे गरिएको चर्चामा पूर्वप्रधानमन्त्री रुडकै दल लेबर पार्टी समर्थकहरूले पनि रुडलाईभन्दा न्युजिल्यान्डका हेलेन क्लार्कलाई नै प्राथमिकता दिएका छन् ।

संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव बान कि मुनले यसै वर्षको अन्त्यतिर अवकास प्राप्त गर्दै हुनुहुन्छ । जनमत सर्वेक्षणमा सहभागी हुनेहरूमध्ये ४५ प्रतिशतले क्लार्कको पक्षमा २१ प्रतिशत रुडको पक्षमा मतदान गरका थिए भने ३४ प्रतिशत चाँही अन्योलमै रहेका जनाइएको छ ।

आगामी राष्ट्र संघीय महसचिव पदका लागि पूर्वको युरोप मानिने महादेश अस्ट्रेलियाका केभिन रुड र न्युजिल्यान्ड हेलेन क्लार्क दुवै जना सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् ।

जनमत सर्वेक्षणको परिणामबाट खिस्रिक्क परेका रुडले ‘अन्त्यमा मेरो नाम रुडोभिच हो भन्नेमा आफैँ दोधारमा परेँ’ भनि प्रतिक्रिया दिए । उनी उक्त पदको लागि आपूmलाई प्रवल दावेदार मान्दै आएका थिए ।

प्रतिक्रिया