युरोपेली एकतादेखि पुटिन डराए : ओबामा

obamaवासिंगटन, १४ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली देशहरूको एकतादेखि डराएको आरोप लगाएको समाचार छ । साथै उनले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुँदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेको पनि बताएको समाचारमा जनाइएको छ ।

मंगलबार बिहान प्रसारण गर्नेगरी सोमबार सिबिएस न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ओबामाले सो धारणा राखेका हुन् । उनले युरोपमा हालैका दिनमा अप्रवासीसम्बन्धी समस्या उत्पन्न भएको भन्दै यो समस्याका कारण युरोपका देशहरू एकताबद्ध भई काम गरिरहेका धारणा पनि राखे । साथै यसका कारण अमेरिकाले पनि संघर्ष गर्नुपरिरहेको भन्दै युरोपको सो समस्याको समाधानका लागि अमेरिका पनि लागिपरेको धारणा राखे ।

राष्ट्रपति ओबामाले युरोपेली देशले हालैका दिनमा गरेका संघर्षका कारण ती देशको आप्रवासी समस्याको समाधानमा विभिन्न विकल्प निकाल्न सकिएको पनि बताए । रसियाली राष्ट्रपति पुटिनले युरोपेली राष्ट्रहरूबीचको एकतालाई कम आँकलन गरेर भूल गरेको टिप्पणी पनि सो अन्तर्वार्तामा गरेका छन् ।

साथै उनले सो विषयमा गम्भीर हुन र आगामी जुन महिनामा हुन लागेको जनमत संग्रहमा युरोपेली युनियन छोड्ने निर्णय नलिन पनि उनले बेलायतलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया