डडेलधुरा, १४ वैशाख । यहाँका सयभन्दा बढी वनलाई आगाले सखाप पारेको छ । यहाँका करिब १५ सरकारी, ९० सामुदायिक र ४ कबुलियती वन डढेलाले सखाप पारेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत लक्ष्मी जोशीले जानकारी दिएका छन् । यस क्षेत्रमा करिब ४ सय ५५ सामुदायिक वन र १ सय ५१ कबुलियती वन रहेका छन् ।
आगो स्थानीय उपभोक्ताले नियन्त्रण गर्न खोज्दाखोज्दै पनि लामो खडेरीका कारण आगो निभाउन नसकिएको समैजी सल्लेरी सामुदायिक वनका अध्यक्ष दत्तीसिंह भण्डारीले बताए । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको स्थानीय उपभोक्ताले जनाएका छन् । आगलागीसम्बन्धी जनचेतना गराउँदागराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन अधिकारीको भनाइ छ ।
अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको मानिसहरू बताउँछन् । लामो समयसम्म पानी नपर्दा आगो नियन्त्रणमा समस्या हुने समुदायका मानिसको भनाइ छ ।
प्रतिक्रिया