संविधानप्रति असन्तुष्टि स्वभाविक : गृहमन्त्री

butwalबुटवल, १३ वैशाख । नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान जारीपश्चात् भएको असन्तुष्टि स्वभाविक भएको बताएका छन् । सोमबार बुटवलमा क्षेत्रीय विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संविधानमा असन्तुष्टि जनाउनुभन्दा संविधानले गरेको व्यवस्थाहरूलाई नियाल्न सुझाव दिए ।

उनले संविधान सहमतिको दस्तावेज भएको भन्दै संविधानमा भएका व्यवस्थाहरूलाई नहेरी असन्तुष्टि नजनाउन आग्रह गरे । उनले विभिन्न आयोग गठन गरी कामहरू भइरहेकाले गठित आयोगहरूले दिने सल्लाह सुझावलाई गम्भीरतापूर्वक लिने बताए । संविधानलाई कुनै हालतमा कार्यान्वयन हुन नदिने खेल भएको छ तर उनीहरू आफैँ थाक्नेछन् उनले भने ।

ऐनले अबको आन्दोलन संविधानलाई अग्रगामी या कार्यान्वयन के लागि भन्दै प्रश्न गरे । उनले आन्तरिक सुरक्षा नीति, सुरक्षा तर्जुमा गठन गरी विशेष सुरक्षा व्यवस्था अपनाइने बताए । उक्त गोष्ठीमा लुम्बिनी अञ्चलका ६ जिल्लासँगै चितवनमा सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया