जनयुद्धका सबै घटनाको जिम्मा लिन्छु : दाहाल

prachanda_dahal copyदाङ, ११ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमान्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताए ।

संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्दकालीन मुद्दा टुग्यांउनुपर्ने भन्दै अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरूको कुनै आपत्ति नरहने उल्लेख गरे । ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’, अध्यक्ष दाहालले भने, ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्दकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु ।

१६ बुँदे सहमतिकै आधारमा देशलाई अगाडि बढाउनुपर्ने भन्दै अध्यक्ष दाहालले वर्तमान सरकारमा कांग्रेस र मधेसी मोर्चालाई सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राखे । वर्तमान सरकार परिवर्तन गर्नेभन्दा पनि यही सरकारमा सबैलाई सहभागी गराउने कार्यमा आपूm लागिरहेको उनले बताए । अर्को फरक प्रसंगमा बोल्दै अध्यक्ष दाहालले अदालतका केही निर्णयप्रति आफूहरूको आपत्ति रहेको जनाए । अदालतले आफूहरूलाई फसाउने नियतले गरेका निर्णयको विरुद्धमा सबै माओवादीलाई बोलाएर आफूले छलफल गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया