इक्वेडरमा मृत्यु हुनेको संख्या बढ्यो

क्विेटा । इक्वेडरको तटीय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको संख्या ५ सय २५ पुगेको छ । साथै यस भूकम्पबाट अन्य ५ हजार ७ सय ३३ जना घाइते भएका छन् । यस भूकम्पमा अझै पनि १ सय ६३ जना वेपत्ता रहेका पनि ती अधिकारीहरले जानकारी दिएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७ दशमवलव ८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ५ सय २५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ हजार ७ सय ३३ जना घाइते भएका सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रहरूको भवन भग्नावशेषबाट केही व्यक्तिलाई जीवितै उद्धार गरिएको र अझै थप व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने कोशिस भइरहेको राष्ट्रपति राफेल कोरियाले बताएका छन् । राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो । इक्वेटर तटीय क्षेत्रमा बुधबार पुनः ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो । (एजेन्सी)

प्रतिक्रिया