चिलीका पूर्वराष्ट्रपति प्याट्रिसियोको निधन

Presidente_Patricio_Aylwinसान्टियागो, ८ वैशाख । चिलीका पूर्वराष्ट्रपति प्याट्रिसियो अल्विनको ९७ वर्षको उमेरमा मृत्यु भएको छ । देशको १७ वर्ष लामो कालखण्डसम्म कठोर सैनिक शासन लागू भएको चिलीमा सन् १९९० मा पहिलो आमनिर्वाचन हुँदा प्याट्रिसियो अल्विन विजयी भई मुलुकको प्रथम प्रजातान्त्रिक राष्ट्रपति हुने अवसर हासिल प्राप्त गरेका थिए ।

पूर्वराष्ट्रपति प्याट्रिसियोको मृत्यु भएकामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले बुधबार शोक प्रकट गर्दै उनलाई महान दूरदर्शी ल्याटिन अमेरिकी राजनीतिज्ञको संज्ञा दिएका छन् ।

महासचिव मुनका प्रवक्ताद्वारा प्रकाशित शोक विज्ञप्तिमा ‘प्रवल मानवीय विचारधाराका प्रणेता राष्ट्रपति प्याट्रिसियो एक इमान्दार, कुशल र कर्मठ राजनीतिज्ञ, एक प्रतिष्ठित व्यक्तित्व, न्याय र कानूनका ज्ञाता, एक लेखक र श्रष्टा, एक वुद्धिजीवी हुनुहुन्थ्यो’ भन्ने उल्लेख गरिएको छ ।

आफ्ना यी सबै गुणहरू चिलीको हित, स्वार्थ र राष्ट्रोन्नतिका उनले लगाएको समेत सो शोक विज्ञप्तिमा उल्लिखित छ । प्रजातन्त्र, मानवअधिकार र सामाजिक न्यायका लागि उनले जीवनभरी गरेका संघर्ष सदैव स्मरणीय र अरूहरूका लगि अनुकरणीय रहिरहनेसमेत सो शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया