डुंगा डुव्दा ५ सय बढी आप्रवासीको मृत्यु

boat-colapsकाठमाडौं, ७ वैशाख । भूमध्य सागमा आप्रवासीले भरिएको डुंगा डुव्दा ५ सय भन्दा बढीको मृत्यु भएको छ । लिवियाको तटिय सहरबाट इटली हिडेका आप्रवासीको डुंगा डुब्दा ठूलो संख्यामा हताहती भएको जनाइएको छ । बीबीसीका अनुसार दुर्घटनामा बाँचेकाहरुका अनुसार मानव तस्करले स्थानान्तरण गर्न लागेको समयमा डुंगा डुबेको हो ।

दुर्घटनामा पाँच सयको मृत्यु भएको भनिएपनि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । यसअघि लीबियाको तटमा ६ प्रवासीको शव फेला परेको थियो । दुर्घटनाको स्तन्त्र पुष्टि भएमा यस वर्षको ठूलो डुंगा दुर्घटना हुने छ । तर, इटली तथा ग्रीसका तटरक्षकहरुले घटनाको पुष्टि गरेका छनैन् ।

संयुक्त राष्ट्रसंघ शरणर्थी एजेन्सीले दुर्घटनाका विषयमा प्राप्त जानकारीमा प्रश्न उठाएको छ । ग्रिसमा रहेकी एक सोमालिया महिलाले सोमबार युरोपको लागि निस्किएका उनका तीन नातेदारको ज्यान गएको छ । त्यस्तै सोमालियाबाट स्वतन्त्र घोषणा गरिएको सोमालिल्याण्ड गणराज्यका राष्ट्रपतिले दुर्घटनामा समवेदना व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार १ लाख ८० हजार आप्रवासी युरोप जाने कोशिश गरिरहेका छन् जसमध्ये ८ सय जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया