सहायक मन्त्री विष्ट फिर्ता

काठमाडौं, २ वैशाख । पार्टीभित्र आन्तरिक विवाद चुलिएको बेला राप्रपा–नेपालले १ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टीले संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराजबहादुर विष्टलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले दिएको जनाकारी अनुसार विष्टलाई पार्टी हितविपरीत काम गरेकाले फिर्ता बोलाएको हो । मन्त्री विष्ट हालै मात्र पार्टीले कारवाही गरेका केशरबहादुर विष्टका छोरा हुन् । केशरबहादुर विष्टले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको आलोचना गरेपछि कारवाही गरेको थियो ।
त्यस्तै, पार्टी स्रोतका अनुसार आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूलाई समेत कारवाहीको तयारी गरिएको छ । यसअघि नै असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहँदा पछिल्लो कारवाहीले पाटी विभाजनलाई थप बल पुगेको छ ।

प्रतिक्रिया