सिरिया द्वन्द्व समाधान गर्न जेनेभामा वार्ता सुरु

serua  UNजेनभा, १ वैशाख । सिरियामा गएको ५ वर्षदेखि जारी रहेको हिंसाको अन्त्यका लागि बुधबारबाट शान्ति वार्ता सुरु भएको खबर छ । उक्त वार्ता जेनेभामा सुरु भएको बताइएको छ । बुधबारबाट सो वार्ता जेनेभामा सुरु भएको समाचार संयुक्त राष्ट्रसंघीय अधिकारीले पनि दिएका छन् ।

बुधबार यता सिरियामा सरकारी नियन्त्रणमा रहेका स्थानहरूमा आमनिर्वाचनको लागि नागरिक मतदान गर्न लामबद्ध भएका छन् । यसै दिन उता जेनेभामा भने शान्तिवार्ता सुरु भएको बताइएको छ । बुधबार सिरियामा संसद्को निर्वाचनका लागि मतदान सुरु भएको छ । यस निर्वाचनलाई विपक्षीहरूले भने बहिस्कार गरेका छन् । तर, सरकारी नियन्त्रणमा रहेका कतिपय स्थानमा बुधबार मतदान हुँदै छ । जेनेभामा बुधबार सुरु भएको शान्ति वार्ताको मध्यस्थता संयुक्त राष्ट्रसंघले गरेको छ । यस वार्तामा सिरियाली सरकारका प्रतिनिधिको सहभागिता छ ।

यस वार्ताको अगाडि सिरियाली राष्ट्रपतिका विशेष प्रतिनिधि, रसिया र इरानी अधिकारीहरूसँग पनि राष्ट्रसंघीय प्रतिनिधिले भेट गरेका छन् । वार्ताको सुरुआतभन्दा अघि गरिएको यस भेटका क्रममा रसिया र इरानले वार्ताको निकासका लागि राष्ट्रसंघलाई आग्रह गरेको बताइएको छ । सिरियामा २ महिना अघिदेखि नै युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन ।

रसिया सिरियाको सहयोगी देश हो । यस वार्ताको अगुवाई पनि अमेरिका र रसियाले नै गरेका हुन् । तर, सिरियाली विपक्षीले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन । सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ । सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी २ लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवं सुरक्षाकर्मीले ज्यान गुमाएका तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।

यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५ सय बालबालिका र करिब ९ हजार महिला रहेका छन् । यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ५ सय जना जति मारिएका छन् भने हजारौँको संख्यामा इस्लामिक र अतिवादी लडाकूहरू पनि परेका छन् । यी लडाकूहरूमा विदेशीसमेत रहेका छन् । सिरियामा आन्दोलनरत विपक्षीहरूले आआफ्ना हिंसात्मक गतिविधि रोक्नुका साथै आगामी दिनमा अन्य विभिन्न अतिवादी समूहहरूका तर्फबाट संचालित हिंसाको अन्त्यका लागि पनि पहल गर्र्नेे विषयमा दुई शक्ति राष्ट्र अमेरिका र रसियाको सहमति भएको थियो ।

अब सिरियामा स्थायी शान्ति आउँछ भन्ने बलियो आशा जागेको जनताले जनाएका छन् । यस वार्ताप्रति आपूmहरू आशावादी रहेको जानकारी यसअघि पनि बताउँदै आएका छन् ।

निर्वाचनलाई मान्यता छैन–राष्ट्रसंघ
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार हाल सिरियामा सुरु भएको भनिएको आमनिर्वाचनका लागि संयुक्त राष्ट्रसंघले मान्यता नदिने बताएको छ । सिरिया हाल कतिपय प्रान्त विपक्षीहरूको कब्जामा रहेको छ । सीमित मात्र भूभाग आफ्नो कब्जामा रहेको भए पनि राष्ट्रपतिले आमनिर्वाचनको आह्वान गरेका छन् ।

तर, सो निर्वाचन अवैधानिक रहेको भन्दै ५ वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरूले निर्वाचनमा सहभागिता नजनाउने जनाएका छन् । देशका सबैजसो नागरिकले मतदानमा सहभागिता जनाउने अवस्था नरहेको र लाखौँ लाख नागरिक देश छोडेर भाग्नुपर्ने अवस्था रहेकोले यो निर्वाचन वैधानिक नरहेको धारणा राष्ट्रसंघको छ ।

प्रतिक्रिया