माओवादी एकता हुन्छः दाहाल

prachanda_dahal copyकाठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन पूर्णरूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई बुधबार सम्बोधन गर्दै उनले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष दाहालले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउँदै भने, ‘माओवादी आन्दोलनको राप र तापले मात्रै मुलुक परिवर्तन भएको हो ।’
मुलुकलाई नयाँ चरणमा पु¥याउन र आर्थिक समृद्धिसहित क्रान्तिको नेतृत्व गर्ने महत्वपूर्ण हतियार भनेकै सहिद, बेपत्ता योद्धा भएकाले त्यसलाई पार्टीले उचित सम्मान र उनीहरूको सपना पूरा गरिने प्रतिबद्धता व्यक्त गरे । (सौस)

प्रतिक्रिया