अफगानिस्तानका तालिवान आक्रामक

काबुल, ३० चैत । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिवान विद्रोहीहरूले यहाँ थप आक्रामक कारबाही सुरु गर्ने जानकारी गराएका छन् । सो विद्रोही संगठनको वेभसाइटमा मंगलबार सो जानकारी राखिएको छ । उक्त वेभसाइटमा उनीहरूले यस वशन्त ऋतुको समयलाई आक्रामक कारबाहीका रूपमा अघि बढाइने दाबी गरेका छन् ।

यस मौसम अफगानिस्तानमा विशेषगरी द्वन्द्वको समयमा रूपमा लिने गरिन्छ । यस समयमा अफगानिस्तानमा प्राय द्वन्द्व बढ्ने गर्छ । उनीहरूले यस अपरेशनको नाम उनीहरूले अपरेशन ओमारी दिएका छन् । मंगलबार बिहान पाँच बजेदेखि नै सो अपरेशनको सुरुवात गरेको जनाएका छन् ।

तालिवानले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा सरकारी सुरक्षा निकायका विरुद्धमा मंगलबार बिहान पाँच बजेदेखि यस्तो अपरेशन सुरु गरेको जनाएको छ । यस आक्रामक कारबाहीका लागि सहयोग पु¥याउन उनीहरूले अफगानिस्तानका कर्मचारी एवं नागरिकलाई पनि आग्रह गरेका छन् । उनीहरूको यस कारबाहीप्रति सरकरी पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन । यस कारबाहीको प्रचार तालिवानले आफ्नो वेभसाइटबाट गरेका हुन् ।

यसैबीच, अफगानिस्ताको पूर्वी प्रान्त गजनीको गिलान जिल्लामा मंगलबार अफगान सुरक्षाबल र तालिवान लडाकूबीच भएको झडपमा १३ तालिवान लडाकूको मृत्यु भएको छ । उक्त जानकारी प्रान्तीय प्रहरी प्रवक्ता फहिम अमिरीले दिनु भएको समाचारमा जनाइएको छ ।

गिलान जिल्लाको आजाद क्षेत्रमा रहेको प्रहरी चौकीमा सशस्त्र तालिवान लडाकूले गरेको आक्रमणपछि भएको झडपमा १३ आतङ्ककारी मारिनुको साथै अन्य ६ जना घाइते भएको आमिरीले सिन्ह्वा समाचार समितिलाई बताएका हुन् । झडपमा तालिवान समूहका एकजना कमान्डरको पनि मृत्यु भएको बताइएको छ । तर उनको परिचय भने खुलाइएको छैन ।

कारबाहीको क्रममा एक सुरक्षाअधिकारी घाइते भएको जनाइएको छ । गजनी प्रान्तमा आतंककारी क्रियाकलायमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । सो क्षेत्रमा गत हप्तामात्र पनि अफगान सुरक्षाबलले गरेको कारबाहीमा परी दश तालिवान मारिएका थिए । पछिल्लो समयमा उक्त क्षेत्रमा तालिवानका गतिविधि बढेको भन्दै अफगान सुरक्षा बलले पनि खोजी अभियान चलाएको छ । मंगलबारमात्र अफगान तालिवानहरूले आक्रामक कारबाही गर्ने विषयमा प्रचार गरेको दिन उनीहरूविरुद्धको कारबाहीमा ती तालिवान मारिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया