सहिद रत्नलाई सम्झियो एमालेले

afGtjfsf] #&cf}F :d[lt lbj; ;lxb /Tgs'df/ afGtjfsf] #&cf}F :d[lt lbj;sf cj;/df zlgaf/ g]skf -Pdfn]_ Onfd–sf7df8f}F ;Dks{ d~rn] kf6L{ s]Gb|Lo sfof{no w'd|af/fxLdf dxf;lrj O{Zj/ kf]v/]nåf/f ;lxb afGtjfsf ljifodf lnlvt …k"j{sf] /ftf] tf/fÚ k':ts ljdf]rg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . ;fydf g]skf -Pdfn]_sf jl/i7 g]tf dfwjs'df/ g]kfn, emngfy vgfnnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २७ चैत । ०८ साल २७ चैतमा इलामको चमैता चित्रेमा जन्मेका रत्नकुमार बान्तवालाई पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनःस्थापनाका लागि लडेकै अभियोगमा ०३५ साल २७ चैतकै दिन २७ वर्षको उमेरमा इभाङमा प्रहरीले हत्या गरेको थियो । सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा शनिबार एमाले इलाम–काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एक कार्यक्रम आयोजना ग¥यो ।

सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाए । ‘यस वर्ष फागुन १९ गते सरकारले ००७ सालपछि प्रजातन्त्रका लागि लड्ने २२ जना निर्विवादित व्यक्तिलाई सहिद घोषणा गरेको छ, यस क्रममा बान्तवा पनि ३७ वर्षपछि सहिद घोषित हुनुभयो, जसलाई मन लाग्यो उसलाई सहिद बनाउँदा बान्तवाजस्ता निरंकुशताविरोधी अभियानमा मारिने व्यक्ति छुट्नुभएको थियो’, प्रधानमन्त्री ओलीले भने ।

सहिदका विषयमा अहिलेसम्म गरिएका कामको अध्ययन गरेर छुटेकालाई सहिद घोषणालगायतका काम राज्यले गर्न उपप्रधान एवं रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरिएको जानकारीसमेत प्रधानमन्त्री ओलीले गराए । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा सहिद बान्तवाका विषयमा लिखित ‘पूर्वको रातो तारा’ पुस्तक विमोचन गरे ।

बान्तवालाई सरकारले विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । बान्तवासँगै पञ्चायती निरंकुशताविरुद्ध स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिने क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, भीमदत्त पन्तलगायत २२ जनालाई सहिद घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले स्वतन्त्रताको आन्दोलनमा लाग्ने बान्तवाजस्ता योद्धा मारेकैले पञ्चायती व्यवस्था र राजतन्त्रसमेत पतन भएको बताए । ‘बहुआयामिक प्रतिभाका धनी बान्तवा अध्ययनशील नेता हुनुहुन्थ्यो, उहाँ जनतासँग चाँडो एकाकार हुन सक्नुहुन्थ्यो, यस किसिमले योगदान गर्ने व्यत्ति अरु पनि छन् अध्ययन गरेर सहिद घोषणा गरिनुपर्छ’, उनले भने ।

एमालेका अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहिद बान्तवाले आफ्नो जीवन अरुको कल्याण एवं सामाजिक परिवर्तनमा खर्चेको स्मरण गरे । ‘जसलाई पनि सहिद घोषणा गर्दा बान्तवाजस्तो योगदान गरेका योद्धा कयौँ छुटेका छन्, यस विषयमा साहित्यकार मोदनाथ प्रश्रित नेतृत्वको कार्यदलले सिफारिस गरेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्छ’, उनले भने ।

पुस्तकका लेखक महासचिव पोखरेलले बान्तवासँग सँगै पढेको र सहकार्य पनि गरेकाले ती बेलाका सम्झना एवं टिपोटलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताए ।कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले बान्तवाले नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनमा गरेको योगदान स्मरणीय रहेको बताए ।

प्रतिक्रिया