युद्ध अन्त्यका लागि सहयोग गर्न आग्रह

मानामा, २५ चैत । सिरिया र यमनमा जारी रहेको युद्धको अन्त्यका लागि अमेरिकी विदेशमन्त्री जोन केरीले इरानलाई आग्रह गरेका छन् । बहराइनको भ्रमणका क्रममा विदेशमन्त्री केरीले इरानलाई सो आग्रह गरेका हुन् । उनले अमेरिकी विदेशमन्त्रीको हैसियतमा गएको सन् २०१० पछि पहिलो पटक बहराइनको भ्रमण गरेका हुन् ।

उनले भने, ‘कतिपय अरेबियाली देशहरूमा हाल जारी रहेको द्वन्द्वको अन्त्यका लागि अब हामीलाई इरानले सहयोग गर्नुपर्छ । हामीले इरानको सहयोगको अपेक्षा गरेका छौँ ।’

मानामामा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अब इरान विश्व समुदायको एक रचनात्मक सदस्य राष्ट्रका रूपमा रहनुपर्छ र उसले पनि विश्वमा शान्ति र स्थायित्वका लागि सघाउनुपर्छ ।’ सिरियमा पछिल्लो समयमा अमेरिका र रसियाका कारण युद्धविराम भएको छ । यस क्रममा कुनै हिंसात्मक घटना नभएको भए पनि करिब महिना दिनदेखि सुरु भएको यस पहलपछि पनि शान्तिवार्ताको प्रक्रिया भने सार्थक रूपमा सुरु हुन सकिरहेको छैन ।

यमनमा गत वर्षदेखि पुनः हिंसा भड्किएको छ । हुथी विद्रोहीहरूले त्यहाँ हिंसा सुरु गरेको बताइएको छ । जसका कारण त्यहाँको अवस्था पनि निकै नाजुक बन्दै गएको छ ।

प्रतिक्रिया