बालकोट खुला ब्याडमिन्टन

bal kot badminton open copyकाठमाडौं, २३ चैत । दीपक खत्री र रविन घेमखु माउन्ट भ्यु खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका  छन् । बालकोट ब्याडमिन्टन क्लबका दीपकले आफ्नै क्लबका मनिस पराजुलीलाई २१–१० र २१–१५ ले हराए । मध्यपुर ब्याडमिन्टन क्लबका रविनले युवा उत्थान बोर्डेका पूर्ण हरि होनामाथि १७–२१, २१–१२ र २३–२१ को रोमाञ्चक जित निकाल्दै बालकोट ब्याडमिन्टन क्लबका दीपकसँग सेमिफाइनलमा भेट पक्का गरे ।

त्यस्तै पुरुष एकलकै अन्य क्वाटरफाइनल खेलबाट सफलता हात पार्दै प्रेमभक्त जयना र पूर्ण थापाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।  युवा उत्थान बोर्डेका प्रेमभक्तले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालाई २१–१३ र २१–१५ ले हराउँदा श्री भक्त ब्याडमिन्टन क्लबका पूर्णले ओम ज्ञान मन्दिरका हरि खड्कामाथि २१–१४ र २१–८ को सहज जित निकालेका थिए ।

बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा बालकोटस्थित माउन्ड भ्यु स्कुलको कोर्टमा सञ्चालन भएको प्रतियोगिताको पुरुष डबलतर्फ युवा उत्थानका पूर्णहरि होना र सुशील होनाको जोडीले आयोजक बालकोट ब्याडमिन्टन क्लबका सुशील पौडेल र कृष्ण कटुवालको जोडीलाई २१–१९, १९–२१ र २१ बम–१५ ले हराए ।

त्यस्तै मध्यपुर ब्याडमिन्टन क्लबका रविन घेमसु र सालिक गौतमको जोडिले ओम ज्ञानमन्दिरका मोहन कवे र सुमन खड्काको जोडीलाई १९–२१, २१–१८ र २१–१७ ले पाखा लगाए । पुरुष डबलकै अन्य खेलबाट श्रीभक्त ब्याडमिन्टन क्लबका पूर्ण थापा र राजेश खेतु तथा युवा उत्थानका प्रेमभक्त जयना र सुशील तुच्छेको जोडीले आफ्नो खेल जित्दै सेमिफाइनलमा भेट पक्का गरेका छन् ।

प्रतिक्रिया