शाहरूखकी नया“ प्रेमिकाको चर्चा

hero-srk-at-50 copyमुम्बई । बलिउड स्टार शाहरूख खान र गौरी खानको वैवाहिकसम्बन्ध २५ वर्षदेखि चलिरहेको छ । अब, उनै शाहरूखको जीवनमा अर्की एक युवतीले प्रवेश गरेको चर्चाले बलिउड यति बेला राम्रैसँग चुलिएको छ ।

केही दिन अगाडि दुबईमा भएको एक अवार्ड समारोहमा शाहरूख र ती युवतीबीच देखिएको निकटताले धेरैलाई सोच्न वाध्य बनाएको दाबी मिडियाको छ । ती युवती हुन्, उर्वशी रौतेला । उर्वशी पत्नी गौरी जस्तो देखिने भएकाले शाहरूख उनीसँग नजिक भएका हुन् । उर्वशी शाहरूखका जेठा छोरा आर्यनभन्दा ३ वर्ष जेठी छिन् । २२ वर्षकी उर्वशीले सन् २०१५ मा ‘मिस इन्डिया’को ताज जितेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया