अमेरिकी पुरस्कार लिन नदिइएकोप्रति आपत्ति

बेइजिङ । आफूलाई अमेरिकी पुरस्कार लिन अमेरिका जान नदिइएकोप्रति १ जना चिनियाँ अधिवक्ताले अपत्ति जनाएका छन् । उनले यसलाई आफ्नो स्वतन्त्रतामा रोक लगाइएको भनी चिनियाँ सरकारको उक्त कदमको विरोध गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उनले बिहीबार एएफपीका समाचारदातासमक्ष यो गुनासो गर्दै सरकारले अमेरिकाको भ्रमण गर्न रोक लगाएर आफ्नो नागरिक स्वतन्त्रताको हनन् गरेको जानकारी दिएका हुन् ।

चिनियाँ अधिकारवादी अधिवक्ता नि युलानलाई मेरिकाले दिएको १ मानवअधिकारसम्बन्धी पुरस्कार लिन जान चीनले अनुमति दिएको थिएन । उक्त कार्यक्रममा उनी मंगलबार उपस्थित हुनुपर्ने थियो ।

चिनियाँ प्रहरीले उनलाई देश बाहिर भ्रमण आदेश नभएको भन्दै अन्तिम समयमा जानकारी गराएको थियो । सो आदेशपछि उनी मंगलबार वासिंगटनडिसीमा उपस्थित हुन नसकेका हुन् । चिनियाँ राष्ट्रपति सि जिनपिङ् १ आणविका सम्मेलनका लागि अमेरिकी सो सहरमा पुगेको एकदिन अघि आयोजित सो समारोहमा उनलाई उपस्थित हुनबाट रोक लाइएको समाचारमा जनाइएको छ ।

उनले अन्तर्राष्ट्रिय साहसिक महिलाको पुरस्कार प्राप्त गरेका थिए । मानवअधिकारका क्षेत्रमा लागेर कामगर्ने विभिन्न अन्तर्राष्ट्रिय स्तरका महिलालाई सो पुरस्कार प्रदान गरिएको हो । उनले भने, ‘मलाई अन्तिम समयमा आएर अमेरिका भ्रमणको आदेश नभएको भनियो र गतवर्ष चीन सरकारले राखेको मानवअधिकारवादीहरूको करिब २ सय जनाको समूहमा आफूलाई पनि राखिएको जानकारी दिइएको छ । ’

चिनियाँ पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अमेरिका भ्रमणको लागि अनुमति नदिएको जानकारी दिएको थियो । उनले आफ्नो नितान्त व्यक्तिगत विषयमा आफू विदेश भ्रमण गर्न लागेको तर नदिइएको यस विषयलाई नितान्त व्यक्तिगत भावना भएको बताए । (एजेन्सी)

प्रतिक्रिया