बालबालिकाप्रति युनिसेफको चिन्ता

जेनेभा, १७ चैत । यमनमा जारी द्वन्द्वका क्रममा बालबालिकाको निधन भएको समाचारप्रति राष्ट्रसंघीय बालकोष, युनिसेफले व्यापक चासो व्यक्त गरेको छ । उक्त संस्थाले युद्धका नाममा यसरी निर्दाेष बालबालिकको ज्यान लिनेजस्तो काम निन्दनीय छ भन्दै बालबालिकाको सुरक्षाका लागि सबै पक्षको ध्यानाकर्षण पनि गराएको छ ।

म्यानमार गएको वर्षदिनदेखि सुरु भएको हिंसाका क्रममा साउदी अरेबियाआवद्ध सेना र यमनी सेनाले हवाई कारबाही गर्ने गरेको छ । त्यस हिंसाको क्रममा हरेक दिन कम्तीमा पनि ६ जना बालबालिका मारिने गरेको तथ्यांक हालै मात्र संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको थियो । यस अवस्थाप्रति सबैको ध्यान पुग्नु जरुरी रहेको पनि युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोषले साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेको वर्षदिनपछि सार्वजनिक गरेको एक प्रतिवेदनमा सो अवस्था पाइएको जानकारी दिएको हो । उक्त निकालये सो हवाई आक्रमणका क्रममा दैनिक ६ जनाको दरले बालबालिका मारिने गरेको जनाएको थियो । यस द्वन्द्वमा परी कम्तीमा ३ हजार जनाभन्दा बढी नागरिक पनि मारिएका छन् ।

यमनको कुनै पनि स्थानमा बालबालिका सुरक्षित नभएको पनि सो प्रतिवेदनमा जनाइएको छ । सुतिरहेका र खेलिरहेका बालबालिकासमेत सुरक्षित नभएको यमनको लागि युनिसेफका प्रतिनिधि जुलिएन हर्नेइजले एएफपीलाई बताएका छन् ।

यमनमा हुथी विद्रोहीहरूले सो हिंसा मच्चाइरहेका छन् । ती विद्रोहीले त्यहाँको सरकारविरुद्ध कारबाही पनि गर्ने गरेका छन् । राष्ट्रपति अबेद रब्बो मन्सुउर हादीको समर्थन र हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेको थियो । तर, गतहप्तादेखि भने यमनमा युद्वविराम भएको छ । यसै समयमा शान्तिवार्ताका लागि पनि राष्ट्रसंघसहित सबैले आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया