फिलिपिन्समा इन्डोनेसियाली सैनिक अपहरित

जकार्ता । इन्डोनेसियाका १० सैनिक फिलिपिन्समा अपहरणमा परेका छन् । फिलिपिन्समा उनीहरूलाई अपहरण गरी रिहाइका लागि फिरौती मागेका छन् । इस्लामिक हतियारधारीहरूले ती सैनिकलाई अपहरण गरेका छन् । जकार्ताका १ जना मन्त्रीले दिएको जानकारीअनुसार इन्डोनेसियाली सैनिकलाई अपहरण गर्ने इस्लामिक विद्रोहीले त्यसका लागि फिरौतीको माग गरेका छन् ।

इन्डोनेसियाको बोर्नाे टापूबाट फिलिपिन्सतर्फ गइरहेका ती सैनिकलाई समुद्रमा नै हतियारधारीले अपहरण गरेका हुन् । २ वटा डुंगामा गइरहेका ती सैनिकलाई उनीहरूले अपहरण गरी अज्ञातस्थलमा लगेका छन् । इन्डोनेसियाली ती मन्त्रीका अनुसार नियन्त्रणमा लिएर अज्ञातस्थलतर्फ लगेपछि हतियारधारीले इन्डोनेसियाली सरकारसँग फिरौती माग गरेका हुन् ।

ती सैनिकलाई अपहरण गरेर कता लगिएको छ भन्ने बारेमा केही थाहा भएको छैन । तर फिलिपिन्सको अबु सैयब नामक एक सशस्त्र हतियारधारी समूहले फोन गरी ती डुँगाका मालिकसँग फिरौती माग गरेका बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया