पूर्वजप्रति सम्मान गर्दै “माङखिम”

sachit manghim copyयुवा पत्रकार एवं लेखक सचित राईद्वारा लिखित माङखिम बजारमा आएको छ । इलाम र इलाममा जन्मीहुर्केमा क्रान्तिकारी योद्धा र समाज सुधारकहरूको वर्णन किताबमा खोजमूलक रूपमा प्रस्तुत गरिएको छ । राई, लिम्बूको संस्कृति र आस्थाको उपल्लो तहबाट सम्मान गरेका छन् सचितले आफ्नो कृतिमा । पुस्तकको नामै उनले आफ्नै मातृभाषमा राखेका छन् माङखिम (देवताको घर) लेखक राईप्रति जाति र भाषाप्रति कति धेरै आस्था छ प्रष्ट पार्छ यसले । उनले आफूभित्र रहेका भावना र पूर्वजहरूप्रतिको सम्मानलाई पुस्तकमा उतारेका छन् ।

लेखकले आफ्नो कृतिमा निर्भिक ढंगले नेपालको राजनीति छलकपटका सिकार भएको योद्धाको नालीबेली पस्केका छन् । राणा शासनको समय दिल्लीसम्झौता प्रति असहमति राख्ने इलामे जुझारु योद्धाबारे उनले अत्यन्तै मिहिेनतसाथ लेखेको छन् । एउटै विचार र बाटोमा हिँडेका आफ्नै समकालीन नेता डाक्टर के आई सिंहका षडयन्त्रका सिकार भएर बेपत्ता भएका रामप्रसाद राईको बारेमा निकै अध्ययनसाथ लेखेका छन् उनले आफ्नो कृति माङखिममा । रामप्रसाद आजसम्म गुमनाम छन् । न त उनको लासको पत्तो छ, न सासको ।

आफ्नो अध्ययनबाट भेटिएको तथ्य र प्रमाणका आधारमा उनले निर्भयपूर्वक लेखेका छन् । राणाकालीन शासनको अन्त्यतिर शाह खलकबाट भएका राजनीतिक दाउपेच, कांग्रेसमा देखिएको अवसरवादी सोचलाई उनले निसंकोच प्रस्तुत गरेका छन् । राईको माङखिम पढ्दा उनीभित्रको ज्वाजल्यमान तन्नेरी खोजविचार छ भन्ने बुझिन्छ । आफूभित्रको निर्भिकतालाई उनले किताबमा उतारेका छन् । सचितको माङखिम अध्ययनले बेपत्ता योद्धा रामप्रसाद राईबारे नयाँ पुस्ताले धेरै जान्ने र बुभ्mने अवसर पाउनेछन् । रामप्रसादप्रति आममान्छेको श्रद्धा र सम्मान अझ बढने निश्चित छ यो पुस्तक अध्ययनपछि ।

इलाममा जन्मेहुर्केकी सरस्वती राईबारे पनि उनले लेखेका छन् । पचासाँै वर्ष पहिलाको समयमा छोरीलाइ अंश होइन शिक्षा देऊ भन्ने अभियानमा उनले खेलेको भूमिका चित्रण गरिएको छ यस पुस्तकमा । राजनीतिमा महिला सधैँ प्रयोग मात्र हुन्छन् भन्ने कुरा उसैबेला सरस्वतीले कांग्रेस छोडेको प्रसंगले देखाएको छ । पूर्वको राई त्यो पनि महिला भएर उनले समाजसुधारमा खेलेको भूमिका अहिले राजनीति गर्नेहरूका लागी पनि प्रेरणा बन्दछ । समाजसुधार गर्नका लागि उनले खेलेको उतिबेलाको भूमिका अहिलेका महिला नेताहरूको भन्दा धेरै माथि थियो भन्ने प्रष्ट हुन्छ अध्ययनबाट ।

इलामकै अर्का योद्धा रत्नकुमार वान्तवाको सन्दर्भमा पनि उनले निकै मेहनतका साथ लेखेका छन् । वान्तवाले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध खेलेको भूमिका र कम्युनिस्ट पार्टीप्रतिको निष्ठालाई उनले अनेक मोडबाट लेखेका छन् । त्यस्तै किरात गुरु फाल्गुनन्दको बारेमा उनले एउटा विषय नै तयार पारेका छन् । केहीसमय पहिला मात्र फाल्गुनन्दको बारेमा आम मान्छेले जानकारी पाएका थिए । उनको बारेमा राइले यस पुस्तकमा विस्तृतरूपमा चर्चा गरेका छन् । माङखिम तयार पार्न राइले निकै मिहिनेत र अध्ययन गरेका उनको कृति अध्ययनले देखाउँछ । १६ वटा शीर्षकमा रहेको उक्त पुस्तक १ सय ९० पृष्ठको छ । धेरै योद्धा र इलामको सेरोफेरो जान्न यो पुस्तकले धेरै सहयोग पुग्ने देखिन्छ ।

माङखिम अध्ययनले जान्नैपर्ने र बुझ्न धेरै पात्रहरूको बारेमा जाककारी हासिल गराउँछ । समयसमयमा छापाहरूमा आउने सीमित समाचारले अधुरा बुझाइ यसको अध्ययनपछि प्रष्ट हुन्छ । कयाँै पात्रहरूको बारेमा उनले प्रत्यक्षदर्शीका भनाइहरू बुझाएर पाठकलाइ प्रष्ट पार्ने कोशिस गरेका छन् । राजनीति आवरणमा भएका निजी स्वार्थ र त्यसबाट उत्पन्न कयौँ भ्रम चिर्न सफल भएका छन् माङखिममा राई । रामप्रसादको रामकहानी शीर्षकमा उनले केआई सिंहका स्वार्थले गुमनाम भएका धेरै कुरा यो कृतिमा समेटेका छन् । यसको अध्ययनले कयौँ योद्धा र पात्रहरूको बारेमा पाठकहरूलाइ सन्तुष्टी मिल्नेछ । पूर्वी नेपालका योद्धाहरूको बारेमा बढी चित्रण गरिएको यो पुस्तक समग्रमा पढनैपर्ने कृतिमा पर्दछ । परिपक्क भएर लेखिएको कृतिमा राईले भाषाशैली र विषयवस्तु बान्की मिलाएर प्रस्तुत गरेका छन् । उनको यो लेखनले आउने दिनमा उनका लेखनकला अझ उत्कृष्ट हुने देखिन्छ ।

प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया