प्राज्ञिक थलो बन्न बारलाई चुनौती

काठमाडौं, १२ चैत । आगामी २० चैतमा हुनगइरहेको नेपाल बार एसोसियसनका प्रत्यासी उम्मेदवारलाई बारलाई भट्टीमा सीमित नगरी प्राज्ञिक थलोमा विकास गर्न चुनौति दिएका छन् । सोसियल इन्जिनियरिङ स्कुल नेपाल र संंवैधानिक न्यायिक पत्रकार मञ्चको संयुक्त आयोजनामा भएको खुला बहस कार्यक्रमको समापनमा बोल्दै सोसियल इन्जिनियरिङ् स्कूलका अध्यक्ष कपिलदेव ढकालले सो चुनौति दिएका हुन् ।

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनको आगामी चुनावलाई मध्यनजर गरी कानुन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै सेवाप्रति उत्तरदायी बनाउने उदेश्यले ‘संविधान कार्यान्वयनमा बारको भूमिका र सक्षम नेतृत्वको खोजी’ विषयक कार्यक्रममा बार चुनावका अध्यक्ष प्रत्यासीहरूले बहसमा भाग लिएका थिए । कार्यक्रमका सहभागी बक्ताहरूले बारको आगामी नेतृत्वले संविधान कार्यान्वयनमा सघाउने बताएका छन् । वक्ताहरूले श्रोताले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।

बार अध्यक्षका प्रत्यासी सेरबहादुर केसीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वतन्त्र न्यायपालिका, सक्रिय बार र बारलाई नागरिक अगुवा तथा स्थायी प्रतिपक्षको रूपमा खबरदारी गरिरहने बनाउन आपूmले उम्मेदवारी दिएको बताए । सोही क्रममा उनले नयाँ कानुन व्यवसायीलाई पनि समेटेर उनीहरूको न्यूनतम पारिश्रमिक कायम गरी अवसर प्रदान गर्न लागिपर्ने बताए । आपूm निर्वाचित भएमा संसद्बाट पछि बन्ने तथा स्थापित कानुनमा आवश्यक संशोधन र मार्गदर्शन गरी समयानुकूल बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । अर्का प्रत्यासी विजयकान्त मैनालीले प्रश्नहरूको जवाफ दिने क्रममा राजनीतिक नेतृत्वले दिएको मार्गमा कानुनलाई डो¥याई सक्षमता प्रदर्शन गर्ने बताए । बारलाई समावेसिता, भौगोलिक विविधता र न्यायिक स्वतन्त्रतामा कटिबद्ध बनाउन आफ्नो उम्मेदवारी आएको बताए ।

त्यसैगरी अर्का वक्ता रामप्रसाद प्रजापतिले कानुन व्यवसायलाई व्यापार नबनाई सेवाको रूपमा विकास गर्न आफ्नो उम्मेदवारीको औचित्य प्रष्टाए । उनले आफ्नो घोषणपत्रमा उल्लेख भएका कुरालाई बहसका क्रममा पनि दोहो¥याएका थिए । उनले यसलाई दोहो¥याउँदै बिचौलियालाई व्यवसायबाट लखेट्न पर्नेमा जोड दिए ।

अर्का वक्ता मनोहर शाहले पछिल्लो समयमा भइरहेको बारको भूमिकाको विषयमा कडा आपत्ति जनाउँदै मधेसको मुद्दालाई समेटेर बारलाई समावेशी बनाउन र नव प्रवेशीका लागि मार्ग प्रशस्त गर्नमा उम्मेदवारीको औचित्यता प्रष्टाए ।

अधिवक्ता केसीले नेपाली कांग्रेसनिकट प्रजातान्त्रिक गुटको प्रतिनिधित्व गरेर उम्मेदवारी मनोनयन गराएका छन् भने मैनाली प्रगतिशीलको गुटको प्रतिनिधित्व गदैै एमाले निकट देखिएका छन् ।

बारको उक्त चुनावमा सबैले आपूmले जित्ने दाबी गरे पनि मुख्यरूपमा केसी र मैनालीबीचमै प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । बारको चुनावमा कसले बाजी मार्ला भनेर सबैबाट रोचक किसिमले हेरिएको छ । बारको चुनावमा जित्ने समूहले न्यायिक क्षेत्र र समग्र राजनीतिमै प्रभाव जमाउँदै आएकोमा पछिल्लो समयमा देखिएको बारको निष्कृयता र कालोबजारीलाई पक्षपोषण गरेको आरोप तथा तराई–मधेस आन्दोलनमा देखाएको उदासिनता जस्ता भनाइले बारको भूमिकामा बहसका क्रममा पनि अत्यन्तै आलोचना भएको थियो । न्यायाधीश नियुक्तिमा देखिएको बारको भूमिकामा पनि बहस केन्द्रित रहयो । नयाँ परिस्थितिमा जित्ने समूहको भूमिका पनि संविधानको कार्यान्वयनको क्रममा महत्वपूर्ण रहने मानिएको छ । अहिले व्याप्त कालोबजारीले समग्र उपभोक्तालाई परेको अप्ठ्यारोलाई संवोधन गर्ने किसिमले विज्ञप्तीसमेत निकाल्न नसकेको वर्तमान बार नेतृत्वको सबैतिर आलोचना भइरहेको छ । सोही अवसरमा भएको यस बहस कार्यक्रमले आगामी नेतृत्वलाई जनउत्तरदायी बनाउने अपेक्षा गरिएकोले महत्वपूर्ण रूपमा हेरिएको छ ।

बहस कार्यक्रमको सञ्चालन सोसियल इन्जिनियरिङ स्कूल नेपाल र संवैधानिक पत्रकार मञ्चका महासचिवले संयुक्तरूपमा सञ्चालन गरेका थिए । नयाँ मोडलमा भएको यस बहस कार्यक्रम पहिलोपटक सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिँदै संवैधानिक न्यायिक पत्रकार मञ्चका अध्यक्ष डिल्ली आचार्यले नेतृत्वलाई उत्तरदायी बन्न सुझाव दिए । कार्यक्रममा सहभागी सबैले कार्यक्रम निकै रोचक र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । उक्त बहस कार्यक्रममा पत्रकार, वकिल, आयोजक संस्थाका सदस्यलगायत उल्लेख्य मात्रामा सर्वसाधारण र अन्य पेसाकर्मीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया