अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको संघर्षपूर्ण जित

England's David Willey, second right, celebrates with team mates after claiming a wicket against Afghanistan during their ICC Twenty20 2016 Cricket World Cup match at the Feroz Shah Kotla cricket stadium in New Delhi, India, Wednesday, March 23, 2016. (AP Photo/Manish Swarup)

नयाँदिल्ली, १० चैत । भारतमा जारी विश्वकप टी–२० क्रिकेटअन्तर्गत इंग्ल्यान्डले दोस्रो जित हात पारेको छ । दिल्लीमा भएको खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले पराजित ग¥यो । अफगानिस्तानले आफ्नो टिमका लागि अहिलेसम्मकै उत्कृष्ट बलिङको सुरुआत गरेको थियो । तर, अन्तिम २ ओभर समालिएर बलिङ गर्न नसक्दा हार बेहो¥यो । खराब सुरुआतको बाबजुत मोइन अली र डेभिड वाइलीको अर्धशतकको उत्कृष्ट ब्याटिङको मद्दतले इंग्ल्यान्डले अफगानिस्तानसामु जितका लागि १ सय ४३ रनको चुनौती पेस गरेको थियो । तर, अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन मात्र जोडेपछि हार बेहो¥यो ।

यसअघि टस जितेर खराब ब्याटिङ सुरुआत गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १ सय ४२ रन बनायो । इंग्ल्यान्डले ८५ रन जोड्दा ७ विकेट गुमाइसकेको अवस्थामा मोइन अली र डेभिड वाइलीले आठौँ विकेटका लागि अविजित ५७ रनको साझेदारी गरेसँगै सम्मानित योगफल जोडेको हो । उसले पहिलो विकेटको रूपमा २ दशमलव ६ ओभरमा १६ रन जोड्दा जसन रोयलाई गुमाएको थियो । तर, पाँचौँ ओभरमा उसको ३ महत्वपूर्ण ब्याट्सम्यान आउट भएपछि इंग्ल्यान्ड दबाबमा प¥यो । ६ ओभरको समाप्तीमा ४२ रनको अवस्थाको इंग्ल्यान्ड १४ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै ८५ रनको अवस्थामा पुगेको थियो । तर, अली र वाइलीले खेल समालेका थिए । अलीले ३३ बलमा ४१ तथा वाइलीले १७ बलमा २० रनको योगदान दिए । अलिले ४ चौका र १ छक्का प्रहार गरे । वाइलीको इनिङमा १ छक्का समावेश थियो । बलिङतर्फ अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीले समान २–२ विकेट लिए । अमिर हाम्जा र शमिउल्लाह शेनवारीले पनि समान १–१ विकेट लिए ।

अफगानिस्तानको ब्याटिङतर्फ शाफिकउल्लाह शाफिकले सर्वाधिक ३५ रनको योगदान दिए । उनले २० बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शेनवारीले २२ रन, नुर अलीले १७ रन, रसिद खानले १५ रन र नाजिव उल्लाह जार्दनले १४ रनको योगदान गरे । इंग्ल्यान्डको बलिङतर्फ वाइली र एडिल रसिदले समान २–२ विकेट लिए । त्यस्तै क्रिस जोर्डन, मोहम्मद अलि र बेन स्टोकले समान १–१ विकेट हात पारे । विश्वकप टी–२० मा पहिलोपटक दोस्रो चरणमा प्रवेश गरेको अफगानिस्तानले हारको बाबजुत पनि निकै प्रशंसनीय प्रदर्शन गरिरहेको छ । (सौस)

प्रतिक्रिया