एक कप चियाभन्दा सस्तो खोटो

???? ? ???????? ??????? ????????? ????? ?????? ??????? ???????? ???? ????????? ? ?????????? ?????? ??? ???????? ???? ???????? ??????? ????? ??????? ???? ?????? ??? ?  ?????? ? ??????? ???

भोजपुर, ९ चैत । १ कप चियाको मूल्य १० देखि १५ रूपैयाँ तिर्नुपर्छ । तर, भोजपुरको विभिन्न सामुदायिकवनबाट संकलित सल्लाको बहुमूल्य खोटो उपभोक्ता समूहका पदाधिकारी र ठेकेदारको मिलेमतोमा प्रतिकिलो ६ रूपैयाँमै बिक्री गरिएको छ । भोजपुरको मानेभञ्ज्याङ, बैकुन्ठे, रानीबास, याकू, जरायोटारलगायत गाविसका सामुदायिक वनबाट उपभोक्ता समितिले हजारौँ हेक्टर वन क्षेत्रबाट सल्लाको खोटो संकलन गरी बिक्री गरेका छन् ।

ठेकेदारले वनउपभोक्ता समूहका पदाधिकारीलाई प्रलोभनमा पारी सामुदायिक वनमा सल्ला नै मासिने गरी संकलित खोटो सस्तो भाउमा बिक्री गरी गरिएको छ । जडिबुटीको रूपमा प्रयोग हुने बहुमूल्य वन पैदावर खोटो प्रतिकेजी ६ रूपैयाँमै बिक्री गरेको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ ।

रोजिन तथा तर्पेनटाइन कम्पनी, ठेकदार, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, जिल्ला वन कार्यालयबीचको मिलेमतोमा खोटो निकासी हुने गरेको हो । समुदायको संरक्षणमा रहेको वन क्षेत्रको प्राकृतिक स्रोतको दुरूपयोग गर्दै सस्तो भाउमा खोटो बिक्री गरेर उपभोक्तालाई घाटा पारेकोमा अधिकांश उपभोक्ताहरू असन्तुष्ट छन् । मानेभञ्ज्याङ र बैकुण्ठेमा खोटो संकलनका लागि सुनसरीको तरहरास्थित दुर्गा रोजिन एन्ड तर्पेनटाइन कम्पनीका ठेकेदार उद्धव थापाले भारतीयका मदार लगाएर लापरवाही रूपमा खोटो निकाल्दा सल्लाको रुख मासिन लागेको उपभोक्ताले गुनासो गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहसित ठेकेदारले स्थानीय उपभोक्तालाई रोजगारी दिने सर्तविपरीत ठेकेदार उद्धव थापाले भारतीय कामदार ल्याएको सामुदायिक वन उपभोक्ता गाउँ महासंघका अध्यक्ष हस्तबहादुर थापाले बताए । खोटो संकलनका लागि कम्पनी र जिल्ला वन कार्यालयले गाउँगाउँमा उपभोक्ता समूहको विधान संशोधन गर्न दबाब दिएपछि विधान संशोधन गरी ५ वर्षका लागि दुर्गा रोजिन एन्ड तर्पेनटाइन कम्पनीलाई खोटो बिक्री र निकासी दिने सम्झौता भएको थापाले बताए ।

खोटोको मूल्य सस्तो हुनुको कारणवन ऐन २०४९ मा प्रतिकेजी ६ रूपैयाँ मात्र तोकिएकोले योभन्दा बढी मूल्य दिन नसक्ने भनेपछि उपभोक्ताहरू सस्तोमा खोटो बिक्री गर्न बाध्य भएको बताएका छन् । ‘१ गिलास चियाभन्दा कम मूल्यमा खोटो बेचिएको छ, समुदायलाई पूरै घाटा भयो’, वन उपभोक्ता गाउँ महासंघ अध्यक्ष हस्तबहादुर थापाले भने, ‘उपभोक्ता समूहका पदाधिकारी दबाबमा परेपछि सस्तोमा सम्झौता गर्न बाध्यभएका छन् ।’

मानेभञ्ज्याङका ९ वटा र बैकुण्ठेका ८ वटा सामुदायिक वनबाट ३ वर्षदेखि खोटो संकलन गरी निकासी हुँदै आएको छ । यसबाहेक झापाको दिव्य रोजिव एन्डत र्पेनटाइन कम्पनीले याकू, जरायोटार र रानीबासलगायत गाविसको खोटो निकासी गर्दै आएको छ । यसवर्ष १३ हजार टिन खोटो निकासी गर्न लागेको ठेकेदार उद्धव थापाले बताए । उनले ५ वर्षका लागि सम्झौता भएअनुसार खोटो निकासी गर्दै आएको जनाए । तर, ठेकेदारले खोटो संकलन गर्न लगाएको कामदारले सल्लाको जथाभावी बोक्रा निकालेर रुखै मासिने गरी लापारवाही गरेकोले नियन्त्रण गरी दक्ष प्राविधिक लगाउनुपर्ने उपभोक्ताले माग गरेका छन् । जिल्ला वन कार्यालयले कानुनी प्रक्रिया मिलाइदिने भए पनि दक्ष प्राविधिक अभाव र अनुगमन कार्यमा सुस्तता देखाएकोले सामुदायिक वन मासिने अवस्था आएको उपभोक्ताले गुनासो गरेका छन् ।

प्रतिक्रिया