गोर्खा सैनिक नेपालका प्रसिद्ध राजदूत : राजकुमार ह्यारी

pkk|wfgdGqL yfkf a]nfotsf /fhs'df/ Xof/L–:jfut g]kfn e|d0fdf /xg'ePsf a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 …Xof/LÚnfO{ xf]6n ofs P08 oltdf :jfut ug'{x'Fb} pkk|wfg Pjd k//fi6«dGqL sdn yfkf . tl:a/ /d]z nD;fn, /f;;

काठमाडौं, ६ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ले आफ्नो नेपाल भ्रमण कूटनीतिक मात्र नभई व्यक्तिगत पनि भएको बताएका छन् । बेलायती राजकुमार ह्यारी ५ दिने नेपाल भ्रमणका क्रममा शनिबार दिउसो काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम रहेकाको छ । नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेपछि ह्यारी नेपाल र बेलायतको द्विपक्षीय सम्बन्ध स्थापना भएको २ सयऔँ वर्षगाँठ तथा आफ्नो सम्मानमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोर्खा सैनिकको निकै प्रशंसा गरे । नेपाल र बेलायतको सम्बन्ध स्थापना भएको २ सय वर्षगाँठको अवसरमा वेलायतकी महारानीले नेपाल जान अनुरोध गरेपछि आफू यहाँ आउन निकै उत्सुक बनेको उनले बताए । उनले यो भ्रमण आफ्नो लागि व्यक्तिगत पनि भएको बताए । ‘विश्वले गोर्खा सैनिकलाई बहादुरी र साहसका लागि चिन्ने गरेको छ,’ गोर्खा सैनिकको तारिफ गर्दै उनले भने, ‘उनीहरू विनम्र छन् र दयालु पनि ।’

अफगानिस्तानमा केही समय गोर्खा सैनिकहरूसँग बिताएको स्मरण गर्दै उनले भने, ‘यो भ्रमणमा मैले ती असाधारण सैनिकहरू जन्माउने समुदायलाई भेट्न पाउनेछु ।’ गोर्खा सैनिकहरूलाई ‘नेपालका प्रशिद्ध राजदूत’ भन्दै उनले यो भ्रमणले उनीहरूप्रति आदर व्यक्त गर्ने अवसर दिएको बताए । विनाशकारी भूकम्प गएको एक वर्षभित्रै भएको आफ्नो भ्रमण मृतकहरूप्रति श्रद्धाञ्जली दिन र पीडिलाई केही गर्न सकिन्छ भन्ने सन्देश दिन भएको बताए ।

बेलायती राजकुमार ह्यारीले आफू नेपालका सुन्दर तस्बिर किताब र टेलिभिजनमा हेरेर हुर्किएको स्मरण गर्दै धेरै मानिसहरूको कल्पनामा नेपालले विशेष स्थान राख्ने बताए । उनले नेपालमा सहयोग वा व्यवसाय गर्न चाहनेहरूका लागि नेपाल खुला रहेको देखाउन चाहेको भन्दै उनले भने, ‘कृपया आउनुस् र भ्रमण गर्नुस् ।’

यसअघि राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत गरेका थिए । नेपाल भ्रमणमा राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायत पनि रहेका छन् ।

राजकुमार ह्यारी पहिलोपटक नेपाल आएका हुन् । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन् । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिप्सले नेपालको भ्रमण गयरिसकेका छन् । बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो ।

उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनेछन् । उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम छ । आइतबार राजकुमार ह्यारीले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गर्ने छन् र नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम पनि छ ।

पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पु¥याएका क्षति र पुनःनिर्माणबारे जानकारीसमेत लिने छन् । परम्परागत काष्ठकला र सीपबारे पनि उहाँले जानकारी लिने छन् ।

आइतबारै राजकुमार भक्तपुर गई भूकम्पपीडित समुदायसँग भेट्ने र सहानुभूति प्रकट गर्ने छन् । नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीबारे पनि उनले जानकारी लिने छन् । सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले सोसाइटीलाई सहयोग गरेको थियो । राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २ सय ५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्ने छन् । त्यहाँ राजकुमारले उनीहरूका अनुभव पनि सुन्नेछन् ।

सोमबार र मंगलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउने छन् । वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिने छन् । उहाँले जलयात्राको मज्जासमेत लिने छन् । विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवं प्राविधिक सहयोग पु¥याउँदै आएको छ । त्यहाँका वन्यजन्ुत हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् ।

पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जाने छन् । उनले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारीसमेत गर्ने छन् । साहस र वीरताका लागि प्रख्यात नेपाली युवाहरू सन् १८१५ देखि बेलायतको गोर्खा ब्रिटिस फौजमा समावेश गरिँदै आएको छ । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन् । राजकुमार ह्यारीले सन् २००७÷८ मा अफगानास्तिानमा खटिएको गोर्खा सैनिकसँग सहभागी भएर सेवासमेत गरेका थिए । सो सेवाका क्रममा गोर्खा सैनिकको कामबाट प्रभावित बनेका ह्यारीले ‘गोर्खा सैनिकका बीचमा रहँदाको जस्तो सुरक्षा अन्त कतै नहुने महसुस गरेको’ टिप्पणी गरेका थिए ।

राजकुमार ह्यारीले लमजुङमा गोर्खा होमस्टेमा रात बिताउने कार्यक्रम छ । पोखरा, लमजुङ र बर्दिया घुमाइका क्रममा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्षरुपमै सहभागी हुनेछन् । उनले सूर्याेदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनको आनन्दसमेत लिने छन् । राजकुमार ह्यारीले सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्ने बेलायती दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा राजकुमार ह्यारी नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुने छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो ।

राजकुमारले कान्ति बाल अस्पताल जानुभई अस्पतालको नवजातशिशु कक्षसहित विभिन्न बार्डको कामबारे जानकारी लिने छन् । त्यस्तै सानोठिमीस्थित प्राविधिक विद्यालय गएर प्राविधिक शिक्षाबारे जानकारीसमेत लिने छन् । भ्रमणको अन्तिम दिन राजकुमार ह्यारीले आफ्ना अनुभव सार्वजानिकसमेत गर्ने छन् ।

प्रतिक्रिया