सकियो मिनी सार्क

;fs{ dlGqkl/ifb a}7s blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf] #&cf}F dlGqkl/ifb a}7ssf] laxLaf/ kf]v/fdf pb3f6gkl5 ;fd"lxs?kdf k|wfgdGqL s]kL zdf{ cf]nL, k//fi6«dGqL sdn yfkf, ef/tsf afXo dfldnfdGqL ;'idf :j/fh, dflNbE;sf ljb]zdGqL 8'Gof df}d'g, >LnªsfnL ljb]zdGqL dªunf ;d/fj]/f, aªunfb]zsf ljb]zdGqL ca'n x;n df]xDdb cnL, e'6fgsf ljb]zdGqL 8fdrf] bf]hL{, ckmuflg:tfgsf pkljb]zdGqL lxSdt vflnb sfhf{O / kfls:tfgsf k|wfgdGqLsf k//fi6« dfldnf ;Nnfxsf/ ;tf{h clhh . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

पोखरा, ४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विदेशमन्त्रीहरुको ३७औँ बैठक बिहीबार साँझ पोखरामा सम्पन्न भएको छ । बैठकले सार्क विपत्ति केन्द्रको सचिवालय भारतको राजधानी नयाँदिल्लीमा स्थापना गर्ने निर्णय गरेको छ । यसअघि गठन गर्ने निर्णय भइसकेको सार्क विपत्ति केन्द्रको सचिवालय दिल्लीमा खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिए ।

त्यसैगरी सार्क वातावरणीय केन्द्र र सार्क ऊर्जा केन्द्रलाई मिलाएर बनाइएको सार्क इनर्जी सेन्टरको सचिवालय भने पाकिस्तानमा राख्ने निर्णय भएको थापाले जानकारीे दिएका छन् । ‘यो बैठक सौहार्दपूर्ण वातावरणमा सकिएको छ’, मन्त्री थापाले भने, ‘यो बैठक सार्क राष्ट्रहरूबीच सहयोग आदानप्रदान र सहकार्य गर्ने बाटोमा नयाँ खुड्किलो बनेको छ ।’ बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन आगामी नोभेम्बरको ८ देखि १० तारिखसम्म पाकिस्तानमा गर्ने निर्णयसमेत गरेको छ । १९औँ सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि मिति टुंगो लागेको थिएन । यसअघि बिहीबार नै सार्कका अध्यक्षकारूपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सो मिनी सार्क भनिने मन्त्रीस्तरीय बैठकको उद्घाटन गरेका थिए ।

उद्घाटन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का आदर्श, सिद्धान्त र उद्देश्यप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए ।

उनले दक्षिण एसियाली पहिचान र यस क्षेत्रका जनताको उन्नयनलाई केन्द्रमा राखेर सार्कको जीवन्त भावनालाई अक्षुण्ण राख्न सबै सदस्य मुलुकलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले दक्षिण एसियाको सफलता, यसको समुज्वल भविष्यका निम्ति बिलम्ब गर्ने बेला छैन भन्दै अब आर्थिक विकासका सम्भावनालाई अघि बढाउन सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विश्व मामिलामा अग्रपंक्तिमा रहेर दक्षिण एसियाले नेतृत्व गर्नुपर्छ ।’ विश्वले दक्षिण एसियाको सामथ्र्य र सम्भावना, हाम्रा प्रयास र आकांक्षालाई उत्सुकताका साथ निरन्तर नियालिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले यस भेगको गरिमाका निम्ति दृढताका साथ काम गर्नुपर्ने बताए ।

उनले भने, ‘स्रोत र साधनले भरिपूर्ण भएर पनि चौतर्फी विकासमा दक्षिण एसिया पछि परेको छ । यस क्षेत्रको विकास प्रगति उत्साहजनक छैन । दिगो विकासको प्रचुर सम्भावना रहेको यस भेगलाई आधुनिक प्रविधिको उपयोग गर्दै विश्वको आर्थिक केन्द्र बनाउन सकिन्छ ।’ युवा वर्गमा लगानी नगरी सफलता हासिल हुन नसक्ने विचार व्यक्त गर्दै प्रधानमन्त्रीले उनीहरूलाई रोजगारीको अवसर प्रदान गर्न पारस्परिक सहकार्य र सहयोग अपरिहार्य भएको बताए । युवा वर्गको साहसको अधिकतम उपयोग गर्नुपर्ने र उनीहरूको ऊर्जालाई स्वदेशमा नै स्थान दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गरे । ‘सार्क वडापत्रले जनतालाई क्षेत्रीय सहयोगको केन्द्रमा राखेको छ, यसले जनता केन्द्रित क्षेत्रीय कार्यक्रमलाई परिकल्पना गरेको छ । जनताको जीवनस्तर स्तरीय नबनाएसम्म सार्कलाई सफल मान्न सकिँदैन,’ उनले भने ।

गरिब, पछाडि परेका वर्गको उत्थानलाई प्राथमितामा राखेर सार्कले काम गर्नुपर्नेमा जोड दिँदै उनले महिला, बालबालिकाले सुरक्षित स्वतन्त्र र सम्मानका साथ निर्भयपूर्वक जीवनयापन गर्न पाउनुपर्ने बताए । भूमण्डलीकरणको वर्तमान युग र त्यसले ल्याएको अकल्पनीय परिस्थितिमा दक्षिण एसिया दर्शकमात्र बनेर रहन नसक्ने बताउँदै प्रधानमन्त्रीले सार्कलाई अग्रगामी संगठनका रूपमा सवल तुल्याउन पुनर्जीवन दिनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘हामीले हाम्रा सहयोग र सहकार्यलाई सुदृढ पार्नुपर्छ र साझा लक्ष्य लिएका अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय संगठनहरूसँगको अन्तक्र्रियालाई अझ घनीभूत बनाउनुपर्छ ।’

समृद्ध दक्षिण एसिया निर्माणको सपना साकार पार्न आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनैपर्ने विचार व्यक्त गर्दै उनले व्यापारबाट नै समृद्धिको मार्ग प्रशस्त गर्ने भएकाले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र र दक्षिण एसियाली सेवा व्यापार प्रणालीको कार्यान्वयनमा जोड दिएका थिए ।

प्रतिक्रिया