मैले नेपाली भेटिनँ

Mohan Prasad Sapkotaपत्रपत्रिकामा डा.गोपाल शिवाकोटीको लेख तथा कांग्रेसका युवानेता गगन थापाको र वरिष्ठ पत्रकार विजयकुमारको लेख दोहो¥याई तेहे¥याई पढेँ । केही गहन कुराहरू यी तीनै लेखमा भविष्यवाणी गरिएका छन् । आफूलाई राजनीति गर्दछु भन्नेहरू र नेपालको माया लाग्छ भन्नेहरूले दिमागमा टाँसिएको काँचुली फेरेर सोच्नुपर्ने बेला घर्किंदै गइरहेको छ । मैले बुझेको सार यही हो । व्यक्ति विशेषले कुन दिन के गरे, विगत के थियो समग्र देशको चिन्तन गर्दा यस्ता कुरा गौण लाग्दा रहेछन् । उसको देशप्रतिको चिन्तन र व्यवहार कस्तो छ त्यो नै सतहमा तैरिने रहेछ । सत्य हुने रहेछ ।

तीन वटा लेख पढेपछि मैले आपैmँलाई केही प्रश्न सोधेँ । पहिलो प्रश्न के म हिन्दू हुँ त ? मैले केलाएँ ममा एउटा हिन्दूमा हुनुपर्ने गुण केही पनि छैन, अरूलाई देखाउने गुण थुप्रै छन् । बाहुन हुँ जनै लगाउँछु, सधैँ नलगाए पनि वर्षको एकदिन लगाइटोपल्छु । मन्दिर धाउँछु, यसो पूजापाठ पनि गर्छु तर सब स्वार्थका लागि । मैले मेरो धर्मलाई आफूअनुकूल बनाइरहेछु । मेरो स्वार्थसँग साटिरहेछु । मैले आफ्नो हिन्दूत्व बचाउन सकस देखेर स्वार्थसँग हिन्दूत्व बेचिरहेको छु । सजिलो उपमा दिँदा मलाई छेपारो भनिदिए हुन्छ । म मेरो स्वार्थसँग नबाझिएसम्म कट्टर हिन्दू हुँ र बाझिए एउटा मन्दिरमा बझ्ने घन्टको रालो हुँ । कसैले बझाए आवाज दिन्छु र नबझाए कुनै सो केसमा राखिएको उपहारजस्तो हुन्छु । मलाई परिवार, सामाजिक व्यवहार, संस्कार सबै बोझ हुँदै गएका छन् । अब मलाई बच्चा जन्माउनु र उसलाई हुर्काउन पनि एउटा मेसिन भइदिए हुन्थ्यो र म निर्धक्कसँग पैसा कमाउनमै रम्न पाए हुन्थ्यो जस्तो लाग्न थालेको छ । पैसा भएपछि संस्कार, आचारविचार, मातापिता, समाज, नैतिकता र यसलाई सम्हाल्ने धर्म पनि किन्न पाइन्छ भन्ने कुरा ममा गढ्दै गइसकेको छ ।

समाजको आदर्शका लागि धर्महरूले जे जति सिकाएका छन् । ती कुनै पनि मैले अँगाल्न सकिरहेको छैन । त्यसैले न म हिन्दू रहेँ, न बौद्ध । न म मुसलमान बन्न सकेँ न क्रिस्चियन । मेरो धर्म अहिले एउटै छ त्यो हो स्वार्थ धर्म । आपैmँले आपैmँलाई किन होच्याएको नठानि दिनुहोला । तर, अहिले आएर बुझिरहेको छु यस देशका प्रायः इतिहास किन कलंकित बढी हुने गर्दछ भनेर । बहाना सतीले सरापेको देश भनेर गरिन्छ तर होइन रहेछ । यो देश आजसम्म तुहिनुको प्रमुख कारण मेरो धर्म घरको न घाटको हुनु रहेछ । इतिहासमा जति पनि दुखान्त घटना यो देशमा भए प्रायः सबै पाखण्डी धर्मका कारण घटे । अहिले र भविष्यमा पनि जति दुर्घटना भइरहेछन् वा हुनेछन् यही कारणले हुनेछन् ।

धेरै अगाडि नजाऊँ । पृथ्वीनारायण शाहले गोत्र परिवर्तन गरे (उनको वा अरू कसैको योगदानलाई अवमूल्यन गर्न खोजेको होइन । मेरो धर्मको मूल्यांकन मात्र गर्न खोजेको हुँ) । रणबहादुरसम्म आइपुग्दा नपुग्दै त्यो कार्य यति पतन हुन गयो कि कान्तिमतीका सन्तानलाई हामी इश्वर मान्दै धार्मिक हुँदै गयौँ ।

कुनै बेला राणाहरू धार्मिक ठह¥याइन्थे । प्रजातन्त्रको उदयपछि त्रिभुवन, महेन्द्र र वीरेन्द्रलाई ईश्वर बनाउँदै गयौँ । त्यसपछि हामीले दल र तिनका नेताहरूलाई देवता मान्दै गयौँ, गइरहेका छौँ । वास्तविक ईश्वर हामीले बिर्सियौँ ।

यसरी प्रत्येक कालखण्डमा हामीले अँगालेका धर्ममै खोट थियो, शुद्ध थिएन । त्यसैले न राजतन्त्र टिक्यो न प्रजातन्त्र । आत्मरतिमा रमाउन अहिलेको व्यवस्थालाई पनि प्रजातन्त्र भनिएला, गुणगान गाइएला तर जहाँ मान्छे काट्नेहरू जेलमा नबसी मन्दिर, चर्च, गुम्बा, मस्जिद आदि जे अगाडि आउँछ त्यसैमा छिरेर चोखिन्छन् त्यो प्रजातन्त्र हो भनेर कुनै धर्मले पनि मान्दैन । अनि यो देशमा म कसरी कुनै धर्मको हुन सक्छु ? जब मेरो आफ्नै कुनै धर्म नै छैन भने मलाई धर्मका विषयमा सुधार चाहियो, संरक्षण चाहियो वा समानता चाहियो भन्ने जस्ता कुरासँग कुनै वास्ता रहने कुरै भएन । मेरो स्वार्थअनुकूल भए पशुपति, स्वयम्भु, चर्च र मस्जिद जहाँ पनि जान्छु नत्र यी मलाई भए के, भत्के के ?

मैले आफूले आफूलार्ई दोश्रो प्रश्न सोधेँ । के म नेपाली हुँ त ? कुनै पनि भूगोलको सीमामा सीमित हुने कुनै गुण पनि ममा रहेन, छैन । निश्चित उमेर पुगेपछि भिर्न वाद्य हुनुपर्ने नागरिकता, राहदानी आदि कागजातमा बाहेक ममा मातृभूमीप्रति अनुराग हुने कुनै गुण नै छैन । अनुराग उत्पन्न हुन प्रेम चाहिन्छ । तर, जन्मेदेखि नै यी गुण ममा रहेनन् ।

बालक छँदा समस्या पर्दा रोइदिन्थे । आमाले लाम्टा चुसाउनेदेखि धामीझाँक्री लगाउनेसम्मका सक्ने उपायले मलाई चुप पार्न कोशिस गर्नुहुन्थ्यो । म रुँदा आफू पनि रुँदै छातीमा टँसाउनु हुन्थ्यो । त्यो अगाध मायालाई पनि बिस्तारै मैले स्वार्थमा परिणत गर्न सिकेँ । रोएर काम चल्ने अवस्थासम्म मेरा स्वार्थहरू मैले रोएरै पूरा गरेँ । जब ममा घुक्र्याउने क्षमता बढ्यो त्यसपछि मेरा आवश्यकताहरू घुक्र्याएर पूरा गर्न थालेँ । न मलाई कुनै दिन आमाप्रति स्नेह जाग्यो न पिताप्रति । जेजति व्यवहार यी दुईप्रति गरेँ त्यो सब लोकाकृति बुझाउन गरेँ । आफ्नै स्वार्थ पूरा गर्न देखावटी प्रेम दर्शाउन म खप्पिस भएँ । उमेर छिप्पिँदै तीन तीघ्रे हुँदै गएपछि बुभेmँ, मैले मेरा मातापितालाई गरेको प्रेम लोलोपोतो रहेछ । जति उमेर छिप्पिँदै गयो मेरा मातापिता मलाई समयअनुसार चल्न नसक्ने पुरातनवादी लाग्दै गए, मेरो स्वार्थमा नमिल्ने मानिसजस्ता बन्दै गए ।

जब मैले मेरा जन्मदातालाई समेत प्रेम गर्न सिकिनँ भने बाँकी नातागोतालाई म प्रेम गर्दछु भनेर मैले भन्न सुहाउँछ र ? जन्मभूमिको माया भन्ने कुरा त धेरै परको भएन र ?

ती जन्मस्थल जहाँ मेरा बाल्यकाल फस्टाए, सबै इन्द्रीयले आत्मनिर्भर हुन सिके, ती मेरा मुखमा माड लगाउने जग्गाहरू बाँझिएका छन् । मेरा पूर्खाहरूले बनाएका कुवाहरू पुरिएका छन्, तिनले पानीपँधेरो गर्ने बाटोमा छापेका ढुंगा बेचिएका छन् । खेतबारी सबैतिर बनमारा र बोक्सी काँडाको घारी बनेको छ । पूर्खाको पसिनाको चिनो, भएको एउटा जीउ लुकाउने कुटी पनि भत्केर खण्डहर बन्दै गइरहेको छ । म मेरा स्वार्थलाई विकास मानिरहेको छु र स्वार्थकै लागि आक्कलझुक्कल त्यता पुग्दा पनि लेस मात्र पनि त्यसको सम्भार गर्न नसकेकोमा पछुतो लाग्दैन ।

सके म सहर पस्छु नसके त्यही पुर्खाको चिनो धितो राखेर मुग्लान पस्छु । त्यहाँ अर्कोको वञ्जर जग्गामा पसिना र रगत बगाएर खेती गरीगरी केही उब्जाउँछु र त्यही नेपाललाई बेच्छु । नमरी बाँचे कालले साँचे पहिले आफूले नेपाललाई बेचेको उपभोग गर्न भनी रोग र सोक लिँदै एकदिन नेपाल छिर्छु । म अब कसरी भनुँ कि मेरा ‘जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने आदर्शमा स्वार्थ छैन भनेर ? म नेपाली नै हुँ भनेर ?

यसरी न मैले जननीलाई माया गर्न जाने न जन्मथलोलाई नै । अब के आधार छ कि मेरो जन्मभूमिप्रति माया छ भनेर देखाउन ? त्यसैले जंगे पिल्लरहरू भत्किए मलाई के भो ? सारिए के भो ? कालापानी चिमोटिए के भो ? लिपुलेक पोइल गए के भो ? मलाई विरोध गर्दा फाइदा हुने भए विरोध गर्दछु चुप लाग्दा फाइदा हुने भए चुप लाग्छु । आमाका रगत बग्ने नसाको त मलाई माया गर्न आएन, जन्मथलोमा बुझिँदै गएका भूगोलको त मलाई माया भएन । अब म कुन मुखले भनुँ कि मलाई देशका नसारूपी नदीनालाको माया छ भनेर ? मेरो पुख्र्यौली जग्गामा आफ्नु ज्ञान र सीप प्रयोग गर्न नसकेर परायालाई रजाईं गर्न छोड्नु र अन्तर्राष्ट्रिय परायालाई नागरिकता दिई देश कमाउन दिनु कुन मानेमा फरक छ र, म विदेशीले अन्धाधुन्ध नागरिकता लिएकोमा विरोध गरुँ ?

मेरो मन स्वार्थमा चट्टान बन्दै गएको छ । मलाई देश डलरले लिए के भो भारुले लिए के भो ? भएको पुख्र्यौली जग्गा आज एक कोदाली भोली एक कोदाली गर्दै सँधियारहरूले चिथर्दा नकुँडिने मेरो मन देश चिथरिँदा कसरी कुँडिन्छ भन्नु ? केको जननी, जन्मथलो र जन्मभूमि ? यी सब मेरा लागि उखुसरह हुन् रस आउन्जेल चुस्छु, रस आउन छोडेपछि थुक्छु ।

ती दिनको यो जिब्रो, जब नेबिको बिस्कुट र तिलौरीका स्वादमा लठ्ठिने गर्दथ्यो अब बिकासे भएको छ । गुन्द्रुक र ढिँडो खानुलाई असभ्यता र गरिबीको संकेत मान्ने गरेको छु । देशभित्र उत्पादन हुने चिजभन्दा बाहिरबाट महँगोमा जे पाइन्छ त्यो किनेर उपभोग गर्नु विकसित हुँदै गएको सभ्यता मानिरहेछु । देशका उद्योग कलकाराखाना बन्द गर्दै पराधीन उपभोगलाई सहजै आत्मसात गरिरहेको छु । जडीबुटी बेच्दै त्यसैले बनेको विदेशी औषधि नखाई मलाई सञ्चो हुन छाडिसक्यो । अनि म कसरी आफूलाई नेपाली हुँ भनुँ ? थिए होलान् मेरो वंशमा कोही नेपाली तर अहिलेकै अवस्थामा म र मेरै सिको गर्ने मेरा भावी पुस्ता किमार्थ नेपाली होइनन्, हुन सक्दैनन्, रहन सक्दैनन् ।

प्रतिक्रिया