कांग्रेस १३ औँ महाधिवेशन : सभापतिका लागि दोस्रोचरणको निर्वाचन सुरु

Congress-flag_308312814 copyकाठमाडौं, २४ फागुन । कांग्रेसको नयाँ सभापति चुन्नका लागि दोस्रो चरणको मतदान सुरू भएको छ ।दिउसो २ बजेबाट सुरु गर्ने भनिएको निर्वाचन करिब एक घण्टा ढिला सुरु भएको थियो । निर्वाचन बेलुकी ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिको निर्णयअनुसार, पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन राष्ट्रिय सभागृह भइरहेको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको प्रहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले पार्टी विधानअनुसार खसेका कुल मतको बहुमत प्राप्त गर्न नसकेपछि देउवा र पौडेलबीच निर्वाचन हुन लागेको हो ।

आइतबार भएको मतदानमा देउवाले १५ सय ६४, पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत ल्याएका थिए ।

प्रतिक्रिया