कांग्रेस १३औं महाधिवेशन

g]sf !#cf}F dxflwj]zg aGb;q sf7df8f}Fsf] e[s'6Ld08kdf g]kfnL sfFu|];sf] hf/L !#cf}F dxflwj]zgsf] aGb;q z'qmaf/ ;'? x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २१ फागुन । कांग्रेसको १३औँ महाधिवेशनका लागि सभापतिदेखि सदस्यसम्म विभिन्न २ सय २९ पदका लागि ३ सय ७५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्ने समय शुक्रबार १२ बजे नै सकिएको छ ।

पदाधिकारीमा तीन समूहगतरूपमा र कोषाध्यक्ष पदका लागि मात्र १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला गरी ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा रामचन्द्रको टिमबाट शशांक कोइराला, देउवाको टिमबाट अर्जुननरसिंह केसी र सिटौलाको टिमबाट गगनथाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कोषाध्यक्षमा रामचन्द्रको टिमबाट सीतादेवी यादव, देउवाको टिमबाट चित्रलेखा यादव र सिटौलाको टिमबाट उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने कोषाध्यक्ष पदमै उम्मेदवारी दर्ता गराउने कृष्णबहादुर कार्की कुनै टिमका होइनन् । पदाधिकारीमध्ये कार्की मात्रै स्वतन्त्र उम्मेदवार हुन् ।

यसैगरी उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो १२ बजेसम्मको समय रहेको थियो । सो उम्मेदवारी मनोनयनका क्रममा खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेशको १४ सिटका लागि १ सय २ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष ३ सिटमा ५० जना तथा महिला २ सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

यस्तै दलिततर्फको ३ सिटमा २१ जना तथा महिलातर्फको २ सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको १ सिटका लागि १०, मधेसी पुरुषतर्फ ३ सिटमा १८ र महिलातर्फ २ सिटमा १० जनाले उम्मेदवारी दिएका छन् ।

१३औँ महाधिवशेनमा सबैभन्दा बढी प्रदेश केन्द्रीय सदस्यमा र सबैभन्दा कम दलित महिलाको कोटामा उम्मेदवारी परेको छ । निर्धारित समयमा कांग्रेस केन्द्रीय समितिले हालै मात्र बाधा अड्काउ फुकाउअन्तर्गत व्यवस्था गरेको १४ प्रदेश केन्द्रीय सदस्य पदमा १ सय २ जनाको उम्मेदवारी परेको हो ।

कांग्रेसले विधानमा रहेको प्रत्येक अञ्चलबाट १ जनाको दरले निर्वाचित हुने केन्द्रीय सदस्यको व्यवस्थालाई प्रत्येक प्रदेशबाट २ जनाको दरले निर्वाचित हुने प्रावधान बनाएको छ । महाधिवेशनपछि पार्टीले विधानलाई संशोधन गरी प्रदेश समितिबाट निर्वाचित सदस्यबाट नै सो समिति बनाउने छलफल चलकाले पनि प्रदेश सदस्यमा उम्मेदवारी बढेको बताइएको छ ।

त्यस्तै विधानले आरक्षणमा व्यवस्था गरेको २ दलित महिला केन्द्रीय सदस्य कोटामा जम्मा ६ जनाको मात्र उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

कांग्रेसले १२औँ महाधिवेशनपछि आरक्षणको विशेष व्यवस्था गरे पनि पार्टीमा अझै दलित महिलाको उपस्थिति न्यून रहेकाले नै उम्मेदवारी कम परेको हुनसक्ने बताइएको छ । कांग्रेसको केन्द्रीय सदस्य पदमा कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएकाले मात्र उम्मेदवारी दिन पाउने प्रावधान छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन, उम्मेदवारको नामावली सम्बन्धमा वर्णानुक्रमानुसार दाबी संशोधन र दाबी विरोध शुक्रबार नै सकिएको समितिका संयोजक अधिकारीले जानकारी दिए ।

त्यस्तै उम्मेदवारको नाम फिर्ता २२ फागुनमा बिहान ९ बजेदेखि ११ बजेसम्म, अन्तिम नामावली प्रकाशन सोही दिन ११ बजेपछि र मतदान फागुन २३ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रियसभा गृहमा हुने तालिका रहेको छ ।

मतगणना सोही दिन मतदान समाप्त भएलगत्तै गरिनेछ भने सभापतिको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृहमा भोलिपल्ट फागुन २४ गते बिहान १० बजेदेखि २ बजेसम्म गरिने तालिकामा उल्लेख छ ।

प्रतिक्रिया