आर्मी र एपिएफ रुस्लान टी–२० क्रिकेटको सेमिफाइनलमा

Man of the match Sompal Kami t-20 cricket copyकाठमाडौं । प्रथम रुस्लान टी–२० क्रिकेट कप प्रतियोगितामा सशस्त्र प्रहरी बल ९एपिएफ० ले क्यानोन क्रिकेट क्लबलाई पराजित गर्दैे सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा एपिएफले क्यानोनविरुद्ध शानदार जित हात पा¥यो । एपिएफले क्यानोनलाई १० विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानोन १२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३७ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रेको एपिएफले ४ दशमलव २ ओभरमा विनाविकेट लक्ष्य पूरा ग¥यो । एपिएफको जितमा सुवास खकुरेलले २३ रन र परेश लोहनीले ३ रन जोडे । एपिएफले १२ अतिरिक्त रन प्राप्त गरेको थियो ।

क्यानोनको बलिङमा विवेक शाहले किफायती बलिङ गर्दै १ ओभरमा ४ रन खर्चिदा अन्य बलर महँगां सावित भए ।

यसअघि पहिले ब्याटिङ गरेको क्यानोनका लागि मनोज यादवले सर्वाधिक १२ रन जोडे । उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । क्यानोनलाई कमै रनमा समेट्ने क्रममा एपिएफका शक्ति गौचन र वसन्त रेग्मीले समान ३, अरिफ शेखले २ तथा यज्ञमान कुमालले १ विकेट लिए ।

अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले पराजित ग¥यो । आर्मीले पनि हिमालयनलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रन जोडेको थियो । तर, सामान्य लक्ष्य पछ्याएको हिमालयन १७ दशमलव १ ओभरमा ६० रनमा नै समेटियो । आर्मीको लागि राजु रिजालले सर्वाधिक २६ रन, सागर पुन र सोमपाल कामीले समान २३ रन तथा राजेश पुलामीले २१ रन जोडे ।

हिमालयनको बलिङतर्फ अमर सिंहले ३ तथा अविनाश बोहोरा, अविनाश अधिकारी र आशिष पोख्रेलले समान १–१ विकेट हात पारे । हिमालयनको लागि दिनेश अग्रीले २० र अविनाश अधिकारीले १३ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीको जितका लागि सोमपाल कामी र सागर पुनले ३ विकेट लिए । त्यस्तै अविनाश कर्णले २, विक्रम सोब र चन्द्र साउदले समान १–१ विकेट हात पारे । प्रतियोगिताको उपाधि विजेता टोलीले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया