यायोक्खाको ९औं महाधिवेसनको तयारी तिब्र

12784366_959113367497716_2001751218_nकाठमाडौं, १६ फागुन । सम्पुर्ण राईहरुको छाता संगठन किरात राई यायोक्खाको नौँ महाधिवेसन आगामी २३ फागनु देखि २५ फागुनमा हुने भएको छ । पूर्व माझकिरातलाई आफ्नो ऐतिहासिक थलो मन्दै आएको किरात राईहरुको नौँ महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको हो ।

युटुवमा,‘संघिय गणतन्त्र नेपालमा पुख्र्यौली भूमिको पहिचान, किरात स्वायत्त राज्य निर्माणमा हाम्रो अभियान’ मुल नाराका भिडियो बजीरहेका छन् । टेलिभिजन च्यानल र एफएमहरुले महाधिवेसनको नारालाई घन्काईरहेका छन् । यस्ता गतिविधिले किरात राई यायोक्खाको आगामी महाधिवेसन तिब्र रुपमा अघि बढेको देखिएको छ । किरात राई यायोक्खाका महासचिव दिवस राई तयारी लगभग सकिन लागेको जानकारी दिएका छन् । उनले यो महाधिवेशन अत्यन्तै ऐतिहासिक रहेको बताएका छन् ।

किरात राई यायोक्खाको ९औं महाधिवेसनको तयारी तिब्र बनाइएको कार्यालय सचिवालय संयोजक डीवी सरोज राईले बताए । किरात राई यायोक्खाका सम्पूर्ण जिल्ला शाखाहरुको अधिवेसन सकिएको छ । यायोक्खा आवद्ध थरगत÷भाषिक संस्था र भातृसंस्थाबाट पनि प्रतिनिधिको नाम प्राप्त भैसकेको उनले बताए । महाधिवेसनलाई ब्यापक बनाउन प्रचार प्रसार उपसमितीले भित्तेलेखन् कार्य, पोष्टरीङ, अपिल, पर्चा, एफएम जिंगल, टेलिभिजनमा पनि विज्ञापन प्रसारण भैरहेको प्रचार संयोजक जीवन हाताचो राईले बताए । सामाजीक सञ्जाल फेसबुक र युटुव लगायतका सामाजीक सञ्जालमा पनि महाधिवेसनका प्रचार सामग्रीलाई प्रमुखताका साथ राखिएको उनले बताए ।

पाँच सय प्रतिनिधीको लागि आवास तथा खाद्यको व्यवस्था भैसकेको बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा भब्य आयोजना हुन लागिरहेको महाधिवेसन उद्घाटनसत्रको लागि विभिन्न झांकी सहितको ्याली भृकुटी मण्डपबाट २३ गते विहान ११ बजेबाट सुरु हुने आयोजकले बताएको छ । महाधिवेसन तिन दिन सम्म चल्ने किरात राई यायोक्खाका महासचिव दिवस राईले बताए । महाधिवेसनले नयां नेतृत्व चयन गर्नेछ । किरात राई यायोक्खा सम्पूर्ण राई जातिहरुको सर्वोच्च जातिय संस्था हो । यसले पूर्वाञ्चलको १७ जिल्लालाई पहिचानको आधारमा किरात स्वायत्त राज्यको माग गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया