‘लोटे चर्पी’मा धुर्मुस बने ‘काकुलाल’

lote charpi copyकाठमाडौं, १५ फागुन । हास्यकलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ जोडी ‘सरसफाई दूत’ हुन् । उनले स्वास्थ्य तथा सरसफाइसम्बन्धी सरकारले दूतको रूपमा घोषणा गरिदिएपछि उनीहरू अहिले देश सफा बनाउने अभियानमा लागेका छन् ।

केही महिनाअघि मात्र केही पहाडी जिल्ला र पूर्व–पश्चिम राजमार्ग सफा गरेका उनीहरूले अब कलामार्फत् सन्देश दिन थालेका छन् । खुला ठाऊँमा दिशापिसाब गर्नुुहुँदैन भन्ने सार बोकेको सर्ट फिल्म ‘लोटे चर्पी’ मा धुर्मुस नयाँ ‘लुक्स’मा देखापरेका छन् । उनी ‘के छु कि’ थेगोमा ‘काकुलाल’ नामक मधेसी चरित्रमा देखिएका छन् ।

हालका लागि ‘लोटे चर्पी’को ट्रेलर मात्र सार्वजनिक गरिएको छ । केही समयमै यो सर्ट फिल्म टेलिभिजन, युट्युब र फिल्म हलमा प्रसारण हुने जनाइएको छ । धुर्मुस–सुन्तलीको संयुक्त निर्देशनमा बनेको सर्ट फिल्ममा धुर्मुस–सुन्तलीका अलावा नाजिर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, विनोद राई, वर्षा खड्कालगायतले अभिनय गरेका छन् । फिल्मको कथा र संवाद भने भद्रगोलका चर्चित अनुहार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले लेखेका हुन् ।

प्रतिक्रिया