नगरपालिकाले हाजिरी जवाफ गरायो

ga copyफागुन १५, कपिलवस्तु । कपिलवस्तु नगरपालिका कपिलवस्तुको आयोजना र भाइब्रेसन मिडिया काठमाडौंको संयोजनमा अन्तर विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । कपिलवस्तुमा नगरपालिकाभित्र रहेको विद्यालयलाई लक्षित गरेर आयोजना गरेको प्रतियोगितामा बुद्ध ज्योति हाइर सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले जितेको छ ।

नगरपालिका भित्रका १३ वटा सामुदायिक तथा निजी विद्यालयहरूको सहभागितमा भएको प्रतियोगितामा सिद्धार्थ विद्यामन्दिर उमावि दोस्रो, रत्नराज्यलक्ष्मी उमावि तेस्रो र तिलौराकोट मावि चौथो भएका छन् ।

कार्यक्रम विजेताहरूलाई सिल्ड, मेडल, आकर्षक पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एवं भाइब्रेसन मिडियाका प्रबन्धनिर्देशक विष्णु गैरेले जानकारी दिएका छन् । कार्यक्रममा कपिलवस्तु नगरपालिकाले सहभागी १३ वटा विद्यालयलाई साउन्ड सिस्टम र जनचेतनामुलक श्रव्यसामग्रीसमेत प्रदान गरेको थियो । श्रव्यसामग्री प्रत्येक दिनहुने बिहानीको विद्यालय प्रार्थना समयमा बजाउन सहज हुने दाताहरूले जनाएका छन् ।

सिद्धार्थ विद्या मन्दिरमा २ दिनसम्म चलेको उक्त कार्यक्रममा सिद्धार्थ विद्या मन्दिरका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया