आरजेको जर्सीमा डिसिएको टीम

rj copyधनगढी, १२ फागुन । धनगढी क्रिकेट एकेडेमीलाई  सिरिजका लागि आवश्यक पर्ने जर्सी आरजे स्पोर्ट्सले प्रयोजन गरेको छ । आरजे स्पोर्टसका प्रबन्धनिर्देशक जनक न्यौपानेले डिसिएका अध्यक्ष सुवाश शाहीलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

जर्सी हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक जनक न्यौपानेले धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउने डिसिएको अभियानमा आपूmहरू पनि जोडिन चाहेको बताए । नेपालमा युवा घरेलु प्रतियोगिताको निकै खाँचो छ, उनले भने त्यसलाई मध्यनजर गर्दै डिसिएको आथित्यमा धनगढीमा एनसिएस र डिसिएबीचको खेलमा आपूmहरूले सहयोग गर्न पाउँदा खुसी महसुस भएको उनले बताए ।

जर्सी प्रदान गरेकोमा आरजे स्पोर्ट्सलाई धन्यवाद ज्ञापन गर्दै डिसिएका अध्यक्ष शाहीले आगामी दिनमा पनि सहयोग जारिरहने विश्वास व्यक्त गरे । डिसिएको टोली आरजे स्पोर्ट्सको जर्सीमा एनसिएससँग ३ वान डे, ३ टी ट्वान्टी र १÷२ दिने फम्र्याटको खेलमा मैदानमा उत्रनेछ । आज सुरु भएको प्रतियोगिता २० फागुनसम्म चल्ने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया