‘कसैविरुद्ध नेपाली माटो प्रयोग हुँदैन’

ef/tLo ljZj dfldnf kl/ifbdf cfof]lht @! cf}+ ;k|' k|jrg sfo{qmd  ef/tLo ljZj dfldnf kl/ifbdf cfof]lht @! cf}+ ;k|' k|jrg sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nL, pkk|wfg Pjd k//fi6«dGqL sdn yfkf / ef/tLo ljb]zdGqL ;'ifdf :j/fh nufot .  tl:a/M k|sfz l;njfn, /f;;, gofF lbNnL

नयाँदिल्ली, १० फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली माटो कुनै पनि छिमेकीविरुद्ध दुरुपयोग नहुने बताएका छन् । नयाँदिल्लीको भारतीय विश्व मामिला परिषद्द्वारा आयोजित २१औँ प्रवचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसमा हामी स्पष्ट छौँ नेपालको माटोमा कोहीविरुद्ध कोहीलाई दुरुपयोग हुन दिने छैनौँ । भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राखेका छौँ ।’

उनले विकसित भारत र चीन दुवै छिमेकी मुलुकसँग विकासका लागि नेपालले परिणाममुखी साझेदारी गर्न चाहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल आफ्ना छिमेकी भारत र चीनको तीव्र आर्थिक विकासबाट लाभ लिएर अघि बढ्ने बताए । उनले संविधानले नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरेको र संविधान जारी भएसँगै एक ऐतिहासिक रजनीतिक कार्यभार पूरा भएको बताए । उनले भने, ‘संविधान एकाएक जारी गरिएको नभई छलफल र लोकतान्त्रिक प्रक्रियाका आधारमा ल्याइएको हो । यसमा सबै विश्व समुदायको चासो र उत्सुकता थियो । हामीले त्यस भावनाको पनि कदर गरेका छौँ ।’ ‘संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल र संवाद तथा सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासद्को मतबाट संविधान बनाएको हो । यसमा सबै पक्ष सबै बुँदामा सहमति नहुन पनि सक्छन् । संविधानले सबै मौलिक अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । त्यसकारण यो संविधान नमुनायोग्य र प्रगतिशील छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानले नागरिकता, रोजगारीको अवसर, समावेशीता, सामाजिक न्याय, समता र लोकतन्त्रजस्ता सवालमा कुनै समुदायलाई विभेद गरेको छैन, बरु पछाडि पारिएका समुदायलाई आरक्षणको पनि व्यवस्था गरेको छ ।’

उनले नयाँ संविधानअनुसार मुलुकमा महिला समुदायबाट राष्ट्रपति र सभामुखसमेत निर्वाचित भइसकेको उल्लेख गर्दै संघीयताको सीमासम्बन्धी सवाल हेर्न संविधानले संघीय आयोगको व्यवस्था गरेको जानकारी गराए । संविधानसँगै नेपालले लामो समयदेखिको संक्रमणकालको अन्त्य गराएकोमा विश्व समुदाय र भारत सरकारले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएकोमा प्रम ओलीले आभार पनि व्यक्त गरे । संविधान आएसँगै राजनीतिक स्थिरता

र मुलुकको आर्थिक विकासमा लाग्नु नेपालको मुख्य प्राथमिकताको विषय भएकाले नजिकको छिमेकी र महत्वपूर्ण विकास साझेदार भारतसँग परम्परागत र लामो सम्बन्ध रहेकाले आपसी सम्बन्धलाई कुनै सम्झौता वा दस्तावेजमा सीमित नराखी भावनात्मक आधारमा पनि हेर्नुपर्ने बताए ।

उनले भने, ‘हामीहरू एकापसमा विश्वास, सम्मान, सार्वभौमसत्ता, स्वच्छ मैत्री सम्बन्ध र समृद्धिको मार्गदर्शनमा अघि बढेका छौँ । यो सम्बन्ध सरकार सरकारमा मात्र नभई जनताजनतामा पनि जोडिएको छ । त्यसैले आपसी सम्बन्ध विस्तार र सुरक्षाका सवालमा हामी संवेदनशील छौँ ।’ प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा दुई देशबीच पछिल्ला समयमा देखिएको तिक्तता र असमझदारी हटाउने प्रयास गरिएको र आगामी दिनमा त्यस्ता असमझदारी नरहने विश्वास व्यक्त गरे । भारतको आर्थिक तथा विज्ञान, प्रविधिको क्षेत्रमा भएको विकासलाई पछ्याउनुपर्ने उल्लेख गर्दै उनले भूकम्पपछिको अवस्थामा भएको भारतीय सहयोगको प्रशंसा गरे ।

दुवै देशका जनताका बृहत् लक्ष्य प्राप्तिका लागि आपसी समन्वय र सहयोगमा जोड दिँदै उनले जलस्रोत, ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी, सांस्कृतिक सम्पदा र सभ्यताका क्षेत्रमा अग्रगामी र प्रगतिशील दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहे पनि दुईतिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताए । उनले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आए पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट अस्पष्टता हटेको बताए ।

भ्रमणमा रहेका प्रधानमन्त्रीको सोमबार जन्मदिन रहेकाले होटल ताजमा व्यापारिक समुदायको अन्तक्र्रियासँगै जन्मदिन पनि मनाइएको थियो । परिषद्को कार्यक्रममा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै उनको सु–स्वास्थ्य र नेपालको सेवामा सफलताको कामना पनि गरिन् ।

प्रतिक्रिया