विश्व नै आतंकवादको छायाँमा

काठमाडौं, ६ फागुन । सन् २०१५ र २०१६ अर्थात नेपाली सम्वत २०७२ मा विश्व राजनीतिमा धेरै उतारचढाव तथा आरोह–अवरोह देखा प¥यो । राजनीति तथा आर्थिक रूपमा अब्बल मानिएका संसारका ठूला देशहरूको सम्बन्धमा विश्व राजनीति आधारित त रहेकै थियो । तर, यो वर्षमा यसमा केही फरकपन देखियो । वर्ष २०७२ कोे राजनीति आतंकवादले छायाँमा पा¥यो । आतंकवाद, प्राकृतिक विपत्ती, वैज्ञानिक आविस्कार र शक्तिराष्ट्रबीचको कूटनीतिक सम्बन्ध पछिल्ला एक वर्षमा महत्वपूर्ण घटना बने ।

गतवर्ष विश्वको ध्यानाकर्षण दुईपटकसम्म फ्रान्सको पेरिसमा भएका आतंकवादी हमलामा भएको थियो । सन् २०१५ को ७ जनवरीमा पेरिसमा रहेको एक पत्रिकाको कार्यालयमा भएको आतंकवादी हमलामा परी पत्रिकाका एकजना सम्पादकसहित १४ जनाको ज्यान गएको थियो । युरोपको एक सम्पन्न यस देशमा सायद यसअघि कहिल्यै कल्पनासमेत नगरिएको आतंककारी घटना भयो र त्यसले संसारकै ध्यानाकर्षण पनि गरायो ।

१३ नोभेम्बरमा फ्रान्सको पेरिस र सेन्ट डेनिसमा अर्को आतंककारी हमला भयो । आत्मघाती बम आक्रमणबाट १ सय ३० व्यक्तिको ज्यान गयो । इराक र लेबनानमा केन्द्रित इस्लामिक संगठन आइएसले तत्काल यसको जिम्मेवारी पनि लियो । फ्रान्सेली राष्ट्रपति फ्रान्कोसिस होलिडेले तत्काल आतंककारी हमलाविरुद्धमा कदम चाल्यो । बेल्जियममा रहेका आतंककारीको नेतृत्वमा यो घटना भएको चर्चा चलेपछि यसले बेल्जियमको वातावरणसमेत त्रासदीपूर्ण बनायो । सायद, गतवर्ष सबैभन्दा बढी चर्चामा रहेको घटना नै यही हो ।

सिरियाको बार्डरमा रहेको रुसको युद्ध विमान टर्कीले खसालेपछि दुवै देशले एक अर्कालाई आरोप–प्रत्यारोप गरिरहे । रुसको सु–२४ विमान रुसले सिरियामा युद्ध सुरु गरेपछि खसालिएको पहिलो विमान हो । राष्ट्रपति भ्लादिमिर पुटिनले २ विमान क्र्यु भएको सो विमान टर्कीले मिसाइल प्रहार गरी खसालेको आरोप लगाए । टर्कीले पनि राष्ट्र संघको सुरक्षा परिषद्मा आफ्नो उडानक्षेत्रमा विनाअनुमति रुसी विमान प्रवेश गरेकाले बाध्य भएर खसालिएको जानकारी दियो ।

५ मिनेटको इमर्जेन्सीमा १० पटक खबर गर्दा रुसी विमानले नटेरेको आरोप टर्कीले लगाएको छ । टर्की सैनिक मुख्यालयले रुसी विमानको राडरपथ हेर्दा टर्कीको दक्षिणी भाग लक्षित भएकोसमेत दाबी गरेको छ । रुसी पाइलटले भने आफूहरूले कुनै जानकारी नपाएको बताए ।

यो घटनाले रुस–अमेरिका सम्बन्धलाई समेत प्रभावित तुल्यायो । रुसले सिरियामा बहुराष्ट्रिय सेनाको नेतृत्व अमेरिकाले गरेका कारण यो घटना अमेरिकासँग पनिसम्बन्धित रहेको प्रतिक्रिया दिएको थियो । अमेरिकाले त्यसको प्रतिकार गर्दै रुसले उडानबारे अमेरिकालाई कुनै जानकारी नदिएको प्रतिक्रिया दियो । यी घटनालाई छायाँमा पार्ने मुस्लिम अतिवादी समूह, आइएसको उदय र यसको प्रभाव आगामी वर्षमा पनि पर्ने अनुमान गरिएको छ । आइएसको पटकपटकको

पेरिस हमलादेखि सिरिया र इराकमा उनीहरूका ज्यादति सन् २०१५ मा संसारका सञ्चारमाध्यमहरूको समाचार बने । गतवर्षदेखि आइएसको त्रासले सताइएको विश्व अहिले पनि त्रासमै रहेको छ । उता अफगानिस्तान र इराकका आफ्ना समस्याहरू निरन्तर नै रहेका छन् । त्यहाँ पनि दिनहूँ नागरिक मारिने क्रम जारी नै छ । त्यसले पनि सन् २०१६ का आगामी समयलाई पनि त्रासदीपूर्ण बनाएको छ । यस्ता हत्या हिंसाका शृंखलाहरूले यो भूगोलमा कहिल्यै पनि निरन्तरता नपाउन् भनेर कामना संसारका मानिसले गरिरहेका छन् ।

लामो समयदेखि समस्यामा रहेको सिरियामा विपक्षी संगठनसमेत वार्ताका लागि तयार भएपछि यसले संसारलाई खुसी तुल्यायो । साथै सिरियामा शान्ति छाउने अपेक्षा पनि धेरैले गर्न थाले ।

सिरियाको आन्तरिक विवादका कारण उत्पन्न रसिया अमेरिका सम्बन्धका उतारचढावहरू यसवर्ष पनि देखिए । अमेरिकाले युक्रेनमा पछिल्लो समयमा पनि जारी रहेको पृथकतावादी हिंसामा रसियाको हात रहेको दाबी गरी नै रह्यो भने अर्कातर्फ रसियाले अमेरिकाको सो आरोपमा कुनै दम नरहेको भनी विरोध गरिरह्यो ।

इजिप्टमा रसियाली विमान खस्यो । यसै विमानमा सवार २ सय २४ जनाको ज्यान पनि गयो । तर, यत्तिधेरैको ज्यान कसरी गयो भन्दा पनि विमानभित्र बम राख्ने र यसरी आकासबाटै विमान खसाल्न सक्नेगरी आतंककारी क्रियाकलापले कसरी प्रवेश पायो भन्ने चिन्तालाई बढाइदिएको छ ।

विसं. २०७३ मा अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनले यो वर्षदेखि नै चर्चा बटुल्न सुरु ग¥यो । त्यसमा पनि अमेरिकाको पहिलो महिला राष्ट्रपति दौडमा हिलारी क्लिन्टन देखिएकोले पनि यसले त्यहाँ ठूलै चर्चा पाउने अपेक्षा गरिन्छ । क्लिन्टन अमेरिकाका पूर्वविदेशमन्त्री हुन् । साथै अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टनकी धर्मपत्नी । त्यसैले पनि अबको राष्ट्रपति निर्वाचनमा क्लिन्टनलाई निकै दरिलो उम्मेदवार मानिएको छ ।

यसवर्ष पश्चिम अफ्रिकी राष्ट्रमा इबोला महारोग भएको घोषणा त गरियो तर घोषणाको लगत्तै इबोलाकै कारण ज्यान पनि गयो । यसले धेरैलाई सशंकित तुल्यायो ।

म्यान्मामा भएको निर्वाचनमा आङ साङ सुकीको दल नेसनल लिग फर डमोक्रेसीले जित हात पा¥यो । तथापि, सुकी राष्ट्रपति हुन भने पाइनन् । उनको छोरा बेलायती नागरिक भएका कारण सुकीले यो अवसर गुमाएकी हुन् । निर्वाचनबाटै पहिलो नागरिक सरकारको गठन भयो । नोभेम्बर महिनामा भएको निर्वाचनमा सैनिक शक्तिलाई पहिले नै २५ प्रतिशत सिट छुट्याउँदा पनि सुकीको दल बहुमत प्राप्त गर्न सफल भयो । बहुमत पु¥याउन ३ सय २९ सिट चाहिने अवस्थामा सुकीको दलले ३ सय ४८ सिटमा विजय हात पारेको हो । सन् १९६० पछि पहिलोपटक शैनिकको हातबाट म्यान्माको सरकार जनतामा गएको थियो । सन् १९९० मा भएको निर्वाचनमा पनि सुकीको दलले विजय हात पारे पनि उनलाई त्यसपछि नजरबन्द गरिएको थियो । तर, यसपटक त्यस्तो हुन पाएन । त्यसै निर्वाचन पनि म्यान्मामा पुनर्उत्थानको प्रक्रिया पनि सुरु भएको छ ।

प्राकृतिक विपत्तीको सवालमा नेपाल र अफगानिस्तानमा यसवर्ष गएको भूकम्पको मारले संसार हल्लायो । १२ वैशाखमा नेपालमा गएको भूकम्पप्रति संसारभरको चासो रह्यो । उत्तरी अफगानिस्तानमा पाकिस्तानको सीमा क्षेत्रमा गएको भूकम्पका कारण ३ सयभन्दा बढीको ज्यान गयो । तथापि, त्योभन्दा भीषण र कहालीलाग्दो भूकम्पीय क्षति बेहोरेको नेपालीका लागि यो त्यत्ति चासो लागेन ।

यसैवर्ष उत्तर कोरियाले गरेको आणविक परीक्षणले सबैलाई आश्चर्यमा पा¥यो । सन् १९५० देखि ६० को बीचमा आणविक परीक्षण सुरु गरेको उत्तर कोरियाका कारण यो वर्ष अन्य शक्ति राष्ट्रसमेत सशंकित बने । सन् १९८५ मा उत्तर कोरियाले आणविक इन्स्टीच्युट नै स्थापना गरेको थियो । त्यसै उत्तर कोरियाले सन् १९९४ मा अमेरिकासँग आणविक शक्ति नष्ट गर्ने सवालमा सम्झौता गरेको थियो । सन् २०१० मा पूर्णरूपमा आफू आणविक शक्तिविहीन भएको भ्रम संसारलाई दिलाउन सफल भएको उत्तर कोरियाले युरेनियम शक्तिको उत्पादन गरिरहेको रहस्य सन् २०१० मा खुलेको थियो ।

सन् १९८५ देखि दक्षिण कोरियासँग आणविक शक्तिमा प्रतिस्पर्धा सुरु गरेको उत्तर कोरियाले यसका लागि रुस र चीनसँग सहयोग आह्वान गरेको थियो । ती दुवै देशले यसलाई अस्वीकार गरेका थिए । यसरी अघि बढेको उत्तर कोरियाको घटनाक्रमले सन् २०१६ मा भने नयाँ मोड लियो । जनवरी ६ का दिन उत्तर कोरियाले ४ पटक आणविक शक्तिको परीक्षण ग¥यो । किल्जु सहरको ५० किलोमिटर पर भएको यो परीक्षणका कारण ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएकोसमेत अमेरिकी भूगर्भविदहरूले जनाएका छन् । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण भएको जनायो । अमेरिका र दक्षिण कोरियाले सन् २०१५ बाट सुरु भएको सिक्स पार्टी वार्तामा उत्तर कोरियालाई समावेश नगर्न अडान पनि लिए ।

न्युटनको मास हँुदैन भन्ने पत्ता लगाएवापत सन् २०१५ को भौतिक शास्त्रको नोबेल पुरस्कार ताकाकी काजिता र म्याक डोनाल्डलाई प्रदान गरियो । डिएनए रिपेयरको मेकानिकल अध्ययन गरेवापत थोमस लिन्डल, पाउल माउड्रिक र एजिज सान्सरलाई संयुक्त रूपमा रसायन शास्त्रको नोबेल पुरस्कार प्रदान गरियो । राउन्डडाउन पारासाइटको जिवाणुका लागि नोबल थेरापीको अध्ययन गरेवापत विलियम सि क्याम्बल र सातोसी ओमुरालाई चिकित्सा शास्त्र र मनोविज्ञानको पुरस्कार प्रदान गरियो । मलेरियाको नोबल थेरापीको अध्ययन गरेवापत युयु टुलाई पनि यो पुरस्कार प्रदान गरियो । इन्करेजिङ इन आउर टाइमको बारे लेखेवापत स्वेतलाना एलेक्सीविचलाई साहित्यसम्बन्धी नोबल पुरस्कार प्रदान गरियो । टुय्नेसियामा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानका लागि नेसनल डाइलग क्वाट्रेटलाई शान्तितर्फको नोबल पुरस्कार प्रदान गरियो । उपभोग, गरिबी र सहयोगका बारे अध्ययन गरेकी एग्नस डेटनलाई अर्थशास्त्रको नोबल पुरस्कार प्रदान गरियो ।

‘बर्डम्यान’ यो वर्षको उत्कृष्ट चलचित्र घोषित हुँदै ओस्कार अवार्ड पाउन सफल भयो । स्टिल एलाइसकी जोलियाना मोर उत्कृष्ट अभिनेत्री भइन् । ‘थ्यौरी अफ एभ्रिथिङ’का एडमिन रेडमायर उत्कृष्ट अभिनेता भए । ‘बर्डम्यान’का अलेक्जान्द्रो गोन्जालेज उत्कृष्ट निर्देशक घोषित भए ।

प्रतिक्रिया