सरकार हाँसीमजाकमै रमाएको छ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रखरवक्ताका रूपमा कहलिन्छन् । आफ्ना विचार स्पष्टसँग राख्ने क्षमता भएका थोरै नेताहरूमध्येका मानिन्छन् केसी । कांग्रेसमा बौद्धिक नेताका रूपमा समेत चिनिएका केसीसँग सौर्य सहकर्मीले मुलुक र पार्टीका समसामयिक विषयमा गरेको कुराकानी –

Arjun-Narsingh-kc copyप्रतिपक्ष नेता भएर सरकारको कामलाई कसरी हेर्नुभएको छ ?

यो सरकारको कामलाई हामीले सय दिन हेरौँ न त भनेर वास्ता नै गरेनौँ । तर, सरकार राष्ट्रिय जटिलतालाई चिर्नेखालको विश्वासिलो र दृढ देखिएन । देश जनताको समस्यामा भन्दा उखान, टुक्कामा र हँसीमजाकमा मस्त भयो । देश आर्थिक रूपमा खस्कँदो छ, अन्तर्राष्ट्रिय मूल्यांकनमा पनि भष्ट्राचार र कालो बजारीले सरकारलाई घेरेको छ । तर, सरकार कहीँ कतै गम्भीर र जिम्मेवार देखिएन । यो सरकार योजना, दृष्टिकोणविहीन हावामा रुमल्लिएको छ । यसले देश र जनताको हितमा कुनै पनि काम गरेको देखिँदैन । यो सरकार आफ्ना पार्टीका पनि सीमित व्यक्तिका घेराभित्र रमाएर बसेको छ ।

संविधान निर्माणको बेला एक भएको मुख्य दल । यसको कार्यान्वयन गर्ने बेला एकहुन नसक्नुको कारण के हो ?

यसको प्रमुख कारक एमाले हो । संविधान जारी हुँदासम्म सबै विषयमा साझा धारणा बन्यो । तर, भूकम्प पुनर्निर्माणका लागि बन्न लागेको पुनर्निर्माण प्राधिकारणमा एमालेले एकलौटी बनाउन खोज्यो । सोसम्बन्धी विधेयक र संविधान संशोधनको सवालमा एमालेले एकलौटी ग¥यो । त्यसैले हामीले आपूmलाई प्रतिपक्षमा राख्यौँ । प्रतिपक्षमा बसेर गर्नुपर्ने काम गरेका छौँ । यति हुँदाहँुदै पनि सरकारले प्रष्टसँग राष्ट्रियहितमा ल्याउने कार्यक्रलाई हामी सहयोग गर्छांै । सरकारको गलत कामको आलोचना गर्छौं गुण र दोषको आधारमा यसको साथ र आलोचना हुनेछ ।

सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीमा लडाउने निर्णयलाई कसरी समीक्षा गर्नुभएको छ ?

त्यो उति बेला पार्टी केन्द्रीय कमिटीको निर्णय थियो । प्रधानमन्त्रीमा ३ जना शीर्ष नेताले दावा गरेपछि सोको निर्णय गर्ने जिम्मा तिनै नेतालाई दिइएको थियो । उहाँहरूको सहमतिमा पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । उहाँहरूलाई पार्टीले दिएको जिम्मेवारी अनुसार निर्णय भएकोले सो निर्णय पार्टीको नै हो । तर, त्यस्तो अवस्थामा पुनः सुुशीललाई उम्मेदवार बनाउनु उपयुक्त थियो थिएन समीक्षा गर्ने एउटा पाटो हो । तर, त्यो प्रक्रियामा हामीले लोकतन्त्रको अभ्यास गरेका हौँ । जे भयो अहिले पछुताउनु आवश्यक छैन ।

नेपाली कांग्रेसभित्र सुशील कोइरालाको अभावलाई कसरी हेर्नुभएको छ ?

सुुशील कोइराला अत्यन्तै सहज, सरल र निष्ठावान नेता थिए । पार्टीभित्र उहाँको अभाव सधैँभरि खट्कीरहनेछ । हामीलाई यतिबेला उहाँको निधनले अत्यन्तै मर्माहत बनाएको छ । पार्टीका सबै नेता कार्यकर्ता यति बेला दुःखमा छौँ । तर, यसो भनेर सधैँ शोकमा डुबेर हुँदैन पार्टीलाई अगाडि बढाउने जिम्मा हाम्रो काँधमा छ । उहाँले छोडेर गएका अभिभारा बाँचेकाहरूले पूरा गर्नुपर्छ । हिजो पार्टीका संस्थापक नेता विपि, गण्ेशमान, किसुनजी र गिरिजाले पनि छोडेर जानुभयो । त्यस यता पनि पार्टी अघि बढेको छ । यतिबेला सुशीलले छोडेर जानुभएको छ केही समय उहाँहरूलाई बिर्सन गाह्रो हुनु स्वभाविकै हो । बितेकालाई सम्झेर पार्टी अवरुद्ध पार्ने काम हँुदैन उहाँहरूको विचारलाई अनुशरण गर्दै पार्टीलाई अगाडि बढाउनु पर्छ । यसो गर्न सकियो भने उहाँहरूप्रतिको सम्मान हुनेछ ।

पार्टी महाधिवेशनको मुखमा छ, भोलिका दिनमा नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ?

नेपाली कांग्रेसले यो मुलुकको हितमा लोकतन्त्रका लागि ६९ वर्षदेखि संघर्ष गर्दै आएको छ । विगतको इतिहासलाई साक्षी राखेर पार्टीको सिद्धान्तमा अडिग हुँदै अगाडि बढ्नेछ । पार्टीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि विगत लामो समयदेखि संघर्ष ग¥यो । धेरै नेताहरूले यही पार्टी, देश र जनता भनेर आफूलाई समर्पण गर्नुभयो । अब हाम्रो काँधमा उहाँहरूले छोडेर गएको जिम्मेवारी पूरा गर्ने जिम्मा आएको छ हामी त्यो अधुरा काम पूरा गर्न सम्पूर्णरूपमा लाग्नेछौँ । नेपाली कांग्रेस हिजोको दिनमा जस्तै भोलिका दिनमा पनि आफ्नो विचार र सिद्धान्तको आधारमा अगाडि बढ्नेछ । आउने नेतृत्वले पनि पार्टीको विचारमा आँच आउने काम गर्ने छैन भन्ने कुरामा म विश्वस्त छु ।

प्रतिक्रिया