लोक संस्कृति मेला हुने

lok-saskriti copyकाठमाडौं, १ फागुन । विगतका वर्षहरूमा भैmँ यसवर्ष पनि ‘अन्तर्राष्ट्रिय लोक संस्कृति मेला’ को आयोजना गरिने भएको छ ।

नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिन लागेको आयोजकले जानकारी गराएको छ । राजधानी आयोजित कार्यक्रममा ‘नेपाल भ्रमण सुरक्षित छ’ भन्ने सन्देश दिने गरी ‘आठौँ अन्तर्राष्ट्रिय लोक संस्कृति मेला–२०७२’ को आयाजना गर्न लागिएको आयोजक आयोजक संस्था एभरेस्ट नेपाल कल्चलर गु्रपले जानकारी गराए ।

कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष आरसी कोइरालाले सरकारले नगरेको काम आफूहरूले गर्न लागेको बताए । ‘नेपालको कला संस्कृतिको प्रवद्र्धन गर्ने काम सरकारले गर्नुपर्ने हो’, अध्यक्ष कोइरालाले भने, ‘तर, त्यो काम हामीले गरिरहेका छौँ । उनका अनुसार यसपटकको मेलाका नेपाललगायत ७ मुलुकमा कलाकारले सहभागी जनाउँदै छन् । मेलामा नेपालका अलावा इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, भारत, श्रीलंकागायतका मुलुकका कलाकारले सहभागी जनाउँदै छन् । उनीहरूले आ–आफ्नो देशको लोक संस्कृति झल्काउँने कला प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा सांस्कृतिक मेलाको बारेमा पत्रकारलाई प्रष्ट पार्दै अध्यक्ष कोइरालाले भने, ‘मौलिक कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा सरकारले कहिल्यै ध्यान दिएन । सरकारसँग धेरैचोटी कला संस्कृतिको बारेमा प्रपोजल पेस गरेँ, कुराकानी गरेँ तर संस्कृति मन्त्रालयले यसमा सधैं वेवास्ता ग¥यो । ‘कलासंस्कृतिको संरक्षण, प्रवद्र्धनका लागि सरकारको कुनै भिजन नै नभएको उनको भनाइ राखेका थिए ।

१८ वर्षअघि स्थापना भएको यस कल्चरल गु्रपले नेपालको कला संस्कृतिलाई विदेशका विभिन्न देशमा प्रस्तुत गर्दै आएको छ भने नेपालमा पनि विभिन्न देशको कला संस्कृतिलाई प्रदर्शन गर्दै आएको छ । कोइरालाले आफ्नो संस्थाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधा’ भन्ने मेलाको मुख्य नारा रहेको छ ।

मेला राजधानीलगायत विभिन्न स्थानमा हुनेछ । कोइरालाका अनुसार काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक, बनेपा, नुवाकोट त्रिशूली, धादिङ र पोखराजस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा मेला चलाइनेछ । कार्यक्रममा चलचित्र निर्देशक, लोकगायक एवं संगीतकार नारायण रायमाझी, लोकगायक दुर्गा रायमाझी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मालगायतको उपस्थिति थियो । मेला १९ फागुनदेखि २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया