‘मनको तारा’ बजारमा

manko tara.FH10

manko tara.FH10

धनकुटा, २८ माघ । धनकुटाकी नवगायिका हेमु ‘स्मृति’ चोङवाङको पहिलो लोक तथा आधुनिक गीति एल्बम ‘मनको तारा’ बजारमा आएको छ ।

तेह्रथुमको दांगपा–८ मा जन्मिएर हाल धनकुटा नगरपालिका–७ मोतिटोल स्थाई घर भएकी नव गायिका चोङवाङको पहिलो गीति एल्बम बजारमा आएको हो । एल्बममा ५ आधुनिक र २ लोक गरी ७ वटा गीत समेटिएका छन् । एल्बमका गीतमा नवगायिका चोङवाङसँगै चर्चित गायक समीर सिंगक र जीवन राईले पनि स्वर दिएका छन् । एल्बममा ‘जुन टिप्न सक्दिनँ म दिउला मनको तारा’, ‘आँखैभरी तिम्रो तस्बिर’, ‘तिमीलाई आफ्नो मान्छे ठानुँ कि नठानुँ’, ‘एउटा पूmल ओइले पनि’ र ‘जीवन मेरो पूmल्न खोज्दै टुट्यो सारा इच्छाहरू’ गरी ५ आधुनिक गीत छन् । त्यस्तै लोकगीतमा ‘ढाकाटोपी तेह्रथुम बजारको र म त भए संयोगले लाहुरे परदेशी’ नवगायिका चोङवाङले आफ्नो पहिलो एल्बम भएकाले सुनेर साथ दिन सबैलाई आग्रह गर्दै सल्लाह सुझाव र प्रतिक्रियाको पनि अपेक्षा गरेकी छन् । स्रोताको राम्रो साथको अपेक्षा गर्दै चोङवाङले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिने बताएकी छन् ।

प्रतिक्रिया