अल बिदा सुशील दा

lbjªut g]tfk|lt >4f~hln g]kfnL sfFu|];sf ;efklt Pjd k"j{k|wfgdGqL ;'zLn sf]O/fnfsf] kfly{j z/L/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kfaf6 bz/y/ªuzfnfdf dªunaf/ n}hfFb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, २६ माघ । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलवार राति १२. ५० मा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाले सो रोगसँग विजय हासिल गरे पनि मृत्युसँग हार खाएका छन् ।

पछिल्लो केहीदिनदेखि निमोनियकाका कारण ज्वरोले थलिएका कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ । कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिएका छन् । पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए ।

k|dåf/f lbjªut g]tfk|lt >4f~hln g]kfnL sfFu|];sf ;efklt Pjd k"j{k|wfgdGqL ;'zLn sf]O/fnfsf] kfly{j z/L/df bz/y/ªuzfnfdf dªunaf/ xflb{s >4f~hln ck{0f ug'{x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL / wd{kTgL . tl:a/ M /Tg >]i7, /f;;

१९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोराकारूपमा विराटनगरमा जन्मिएका थिए कोइराला । ०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो । कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत ०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

०७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए । कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालालगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् ।

११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डिएफओ रहँदा भाइ अरुणसँगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न गएका थिए कोइराला । १२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला १४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी भएका थिए । १५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला १७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइरालासहित कलकत्ता गएका थिए । कोशी अञ्चलमा राजा महेन्द्रको सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील भएका कोइराला १७ सालदेखि ३७ सालसम्म भारतमा निर्वासित जिवन विताएका थिए । २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका उनले ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए ।

३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि बैशाख १गते गिरिजाप्रसाद कोइरालासँगै आम माफी पाएका कोइराला ३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए । उनी ४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने ४६ सालको जनआन्दोलनमा अग्रपंतिमा सक्रिय थिए । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसँगै गिरफ्तार भएका थिए ।

५९ असोज १८

गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला ६१ माघ १९ गते शाही ’कु’ भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परका थिए । त्यसपिछ उनी कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए । निरडकुश राजतन्त्रको विरुद्ध ०६२ र ६३ मा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइरालाले प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए ।

कांग्रेसको सदस्यता १२ सालमा लिएका कोइराला तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए । ०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला ०४५ ÷४६ मा विदेश विभाग प्रमुख भएका थिए । ५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला ०५५ साल असोज २० गते उपसभापति भएका थिए । एघारौं महाधिवेशन १३–१८ भाद्र, ०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति ०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौँ महाधिवेशन ०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

किन सम्झने ?
काठमाडौं, २६ माघ । कुनै पनि नेतालाई मुलुकले सम्झने भनेको उसले देशका लागि पु¥याएको योगदानले हो । यही कसीमा राखेर शुशील कोरालालाई हेर्दा उनकै नेतृत्वको सरकारको पालामा मुलुकले नयाँ संविधान पाएको हो । उनको पार्टी कांग्रेसलाई उनकै नेतृत्वमा दोश्रोबाट पहिलो पार्टी बनाए । दोश्रो संविधान सभामा कांग्रेस पहिलो पार्टी भएर नउदाएको भए यो संविधान सभाले पनि संविधान नदिन सक्थ्यो भन्नेहरू पनि प्रशस्त छन् । मुलुले उनलाई सम्झनु पर्ने मुख्य विषय यीनै दुई भए पनि उनको राष्ट्रवादी छवी, सादगी र निष्ठालाई कम आक्न मिल्दैन ।

साहसी नेता
प्रधानमन्त्री भएका बेलामा शुशीलले भारतको कुरा सुनेनन् र संविधान घोषणा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दिँदा शुशीलले भारतीयहरुको कुरो सुनेको आरोप एमाओवादी र एमालेका नेताहरुले लगाउँदै आएका छन् । तथापि भारतले शुशील कोइरालालाई कहिल्यै विश्वास नगरेको इतिहास साक्षी छ । यो तथ्यलाई आधार मान्दा सुशील राष्ट्रवादी नेता थिए भन्न सकिन्छ, यसमा उनले भोगेको भारतीय यातनाले समेत काम गरेको हुन सक्छ ।
०३० सालको विमान अपहरण काण्डपछि सुशील कोइरालालाई भारतीय प्रहरीले क्रूर र अमानवीय यातना दिएको कांग्रेस नेताहरू बताउँछन् । उनलाई पक्राउ गरेर तिहाड जेलमा लैजाँदा भारतीय प्रहरीले रेलमा बोरामा बाँधेर लगेको थियो बताइन्छ । त्यति मात्र होइन लोकतान्त्रिक आन्दोलनका बेला र प्रधानमन्त्री बनेका बेलामा समेत भारतले कोइरालाप्रति राम्रो व्यवहार गरेन । भनिन्छ, पछिल्लो समयमा पनि पार्टी सभापतिमा कोइरालालाई हराउन भारतले भूमिका खेलिरहेको थियो । तर, महाधिवेशनमा भारतीय चलखेलको सामना नगर्दै उनको निधन भएको छ ।

तर, कोइरालाले संविधान बनेपछि नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेको विषय अहिलेसम्म बहसकै क्रममा छ । यो उनको राजनीतिक कमजोरी थियो या लोकतन्त्रको मूल्य स्थापित गर्ने जमर्को, यसबारे फैसला नहुँदै उनले विदा लिएका छन् । यसमा पनि मधेसवादी दलहरुलाई विश्वासमा लिएर अघि बढ्ने उनको संविधान निर्माण अघिको चाहनालाई संविधान बनेपछिको संविधान संशोधनले केही सार्थक बनाएको छ ।

सादगी र निष्ठा
नेपालको राजनीति यतिबेला प्रदुषित एवं भ्रष्ट बन्दै जान थालेको छ । तीनवटा मोबाइलमात्रै सम्पत्तिका रुपमा रहेको भन्दै कोइरालालाई खिल्ली उडाउने कतिपयले प्रयास गरे पनि कोइरालाको सादगी पनलाई चुनौती दिने अवस्था छैन ।
प्रधानमन्त्री बनेका बेला कोइरालाको किचेन क्याबिनेटमा रहेको उनका सहयोगीहरुले आर्थिक अनियमितता गरेका समाचारहरु नआएका होइनन् । तर, व्यक्तिगतरुपमा सुशील निश्कलंक नै रहे । श्रीमती र छोराछोरी नभएका उनी व्यक्तिगत विवादमा आएनन् । पार्टी र देशलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र सुस्तपन देखाएको असक्षमताको आरोप खेप्नुपरे पनि उनी भ्रष्टाचारमा मुछिएनन् । अब कांग्रेसका नेताहरुले सुशील कोइरालाको स्वच्छ छवि र निष्ठाको राजनीतिलाई कसरी व्यवहारमा प्रयोग गर्लान् ? यो हेर्न र देख्न बाँकी छ ।

प्रतिक्रिया